विराटनगरमा कोरा २०२६ यात्रा, १५० राइडरले गरे सहर परिक्रमा (फोटो फिचर)

<span class='c1'>विराटनगरमा कोरा २०२६ यात्रा,  १५०</span> <span class='c2'>राइडरले गरे सहर परिक्रमा (फोटो फिचर)</span>

विराटनगर । नेपाली युवा उद्यमी मञ्च ( NYEF) विराटनगरको आयोजनामा शनिबार साइक्लिङ उत्सव ‘कोरा २०२६’ सम्पन्न भएको छ ।

एभ्री राइडर इज विनर, एभ्री राइडर इज अ हिरो भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा १५० जना साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

शनिबार बिहान विराटनगरस्थित होटल स्वागतमबाट सुरु भएको साइकल र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । नगर परिक्रमापछि पुन ः होटल स्वागतममै पुगेर कार्यक्रम समापन गरिएको थियो ।

समापन समारोहमा सहभागी १५० जना राइडरहरूलाई प्रोत्साहन स्वरूप प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । साथै, पर्यावरण संरक्षणको सन्देश दिने उद्देश्यले सबै सहभागीहरूलाई बिरुवासमेत वितरण गरिएको साइक्लिङ उत्सव ‘कोरा २०२६’ का कार्यक्रम संयोजक युनेस श्रेष्ठले जानकारी दिए । शारीरिक व्यायाम र वातावरण मैत्री यात्रालाई प्रोत्साहन गर्न यो कार्यक्रम सफल भएको आयोजकको भनाइ छ ।

कोरा २०२६ ,यात्राको तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्