कोलकातादेखि विराटनगर पहिलो कार्गो रेल सेवा,भोली(आइतबार) विराटनगर आइपुग्ने

<span class='c1'>कोलकातादेखि विराटनगर पहिलो कार्गो</span> <span class='c2'>रेल सेवा,भोली(आइतबार) विराटनगर आइपुग्ने</span>

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा कार्गो रेल सेवा सञ्चालनमा आएको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै शुक्रबारदेखि सेवा सुरु भएको हो।

सेवाअन्तर्गत कोलकाता बन्दरगाहबाट स्वस्तिक आयल इन्डस्ट्रिजका लागि कच्चा पदार्थ बोकेको पहिलो रेल र्‍याक विराटनगरतर्फ प्रस्थान गरेको छ। सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड ९कोनकोर०का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर गरेका हुन्।

पहिलो रेलमा तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा ४० फिट क्षमताका कन्टेनर रहेका छन्। सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम ९ईसीटीएस० जडान गरिएको छ, जसले ढुवानीको सुरक्षा, निगरानी र पारदर्शिता सुनिश्चित गर्ने जनाइएको छ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार कोलकाताबाट प्रस्थान गरेको रेल शनिबार वा आइतबारसम्म विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ। उनले यो सेवा नियमित रूपमा सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगी तथा व्यवसायीलाई आयात प्रक्रियामा ठूलो राहत पुग्ने बताए।

यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवाको उद्घाटन गरेका थिए। २०८० जेठमा एउटा कार्गो रेल आए पनि त्यसपछि सेवा नियमित हुन सकेको थिएन।

भारत सरकारले नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत नीतिगत संशोधन गरेपछि सेवा सञ्चालनको बाटो खुलेको हो। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड ९सीबीआईसी०ले ४ नोभेम्बर २०२५ मा ईसीटीएस नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी गर्न अनुमति दिएको थियो।

त्यसैगरी, कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा कोलकाता र हल्दियाबाट जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर भन्सारसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। आवश्यक समन्वय पूरा भएपछि शुक्रबारदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

पूर्ण रूपमा सेवा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ। यसअघि यस्तो सुविधा वीरगञ्जसम्म मात्र सीमित थियो।

कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका अनुसार रेलमार्फत ढुवानी गर्दा सडक मार्गको तुलनामा लागत कम हुने, सुरक्षा बढ्ने तथा ढुवानी अवधि करिब २४ घण्टासम्म सीमित हुने भएकाले आयात प्रक्रिया थप सहज र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

कार्गो रेल सेवा नियमित भएपछि बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन शुल्क, बिलम्ब शुल्क तथा सडक ढुवानीको अतिरिक्त खर्च घट्ने विश्वास गरिएको छ। साथै, समग्र व्यापार पारवहन लागतमा कमी आउनुका साथै पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्