जथाभावी हर्न नबजाउँ: सभ्य बनौं

<span class='c1'>जथाभावी हर्न नबजाउँ:</span> <span class='c2'>सभ्य बनौं</span>

“नचाहिएको समयमा नचाहिएको आवाज" अर्थात् अनावश्यक समयमा हुने अवान्छित ध्वनि भनेर ध्वनि प्रदूषणलाई परिभाषित गरेको पाइन्छ। मानिसको कानले २० हर्ज देखि २० हजार हर्ज आवृती (फ्रिक्वेन्सी) बिचको आवाजलाई मात्र सुन्न सक्दछ। विकसित मुलुकमा सवारी चालकले अति आवश्यक अवस्थामा मात्र हर्न बजाउने गर्दछन्। अन्य सवारीचालक तथा पैदल यात्रीले ठुलै ट्राफिक नियम उल्लङ्घन गरेमा वा हर्न नबजाउदा दुर्घटना हुने पक्का भएमा मात्र हर्न बजाउने गर्दछन्।अनावश्यक रुपमा हर्न बजाउनु असभ्य मानिन्छ। एक अध्ययनले हाम्रो देशमा सवारी साधनको हर्नद्वारा हुने ध्वनि प्रदूषण सामान्य स्तर भन्दा निकै बढी देखाएको छ। ट्राफिक जाम भएको बेला छिटो पुग्न कसलाई हतार हुदैन होला र ? तर यस्तो बेलामा समेत अनावश्यक रुपमा जथाभावी हर्न बजाउनु भनेको असभ्यता मानिन्छ।

हर्न निषेधित क्षेत्र
नेपाल सरकारले काठमाण्डौ उपत्यकालाइ २०७४ वैशाख १ गतेदेखि नै हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो। “नो हर्न” लाई अभियानकै रूपमा संचालन गर्दै जनचेतनामुलक गोष्ठी, कार्यक्रम, सचेतनामुलक पर्चा पम्प्लेट बितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरि हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो। सुरुआती दिनमा “नो हर्न” अभियान प्रभावकारी भए पनि क्रमश हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात अहिले ट्राफिक प्रहरीले कडाईका साथ कारवाहि समेत गर्दै आएको छ।पछिल्लो समय काठमाडौं, विराटनगर, पोखरा लगायत देशका अन्य सवारी साधनको चाप बढीहुने प्रमुख शहरहरुमा समेत ट्राफिक प्रहरीले थप सक्रिए भएर सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाई गर्दै जरिवाना सहित कारबाही गर्नुका साथै सचेतना जगाउने काम गर्दै आएको छ। यसको कार्यान्वयन गेने जिम्मेवारी तपाइँ हाम्रै हो र यसलाई पालन गर्नु हामी सबैको कर्तव्य हो भन्ने बिर्सनु हुदैन।एक अध्ययनले हाम्रो देशमा सवारी साधनको हर्नद्वारा हुने ध्वनि प्रदूषण दक्षिण एसियामै सबै भन्दा बढी देखाएको छ।

तीव्रता कति?
ध्वनीको तीव्रता (लाउडनेस्)लाई डेसिबल एकाइ (डीबी)मा नापिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार आवासीय क्षेत्रमा दिनको समयमा ध्वनि स्तर ५५ डेसिबल भन्दा कम हुनु उपयुक्त मानिन्छ। जसको मात्रा शुन्य देखि १६० सम्म हुने गर्दछ जस्तो सामान्य बोलीचालीको आवाजको लाउडनेस ४० देखि ५० डेसिबल जति हुन्छ, व्यस्त बजार ८० देखि ८५ डेसिबल, मोटर साइकलको आवाज १०० डेसिबल, चर्को डिजे साउण्ड १०५ डेसिबल र जेट विमानको १२० देखि १६० डेसिबल सम्म हुने गर्दछ।अध्ययनका अनुसार ८० डेसिबल वा सो भन्दा बढी डेसिबल तीव्रताको ध्वनिले हाम्रो श्रवण क्षमता कम हुने गर्दछ। तसर्थ उक्त तीव्रता स्तरको ध्वनिलाई ध्वनि प्रदूषणको रुपमा परिभाषित गरिएको छ।

स्वास्थ्यमा असर?
शारीरिक प्रणालीमा असर, मानसिक, मनोवाज्ञानिक असर, उच्च रक्तचाप, श्रवण (सुन्ने) क्षमतामा कमी, शरीरको प्रतिरोधात्मक क्षमतामा कमीआउनु, नवजात शिशुमा जन्मजात असर देखिनु, रक्त नली साँघुरो भई मुटु सम्बन्धि समस्या देखापर्नु, झर्को लाग्नु, चिढचिढाहट बढ्नु, तनावग्रस्त हुनु, आक्रामकहुनु, कानमा एक प्रकारको सिटी बजेको जस्तो आवाज आइरहनु (टिन्नीटस), अनिद्रा जस्ता असर देखिने गर्दछन्।

२० देखि ३० डेसिबल सम्म निन्द्रा प्रभावित हुने
४० देखि ५० डेसिबल सम्म बोलचालमा असर पर्ने
६० देखि ७० डेसिबल सम्म निकै झर्को लाग्ने
८० देखि ९० डेसिबल सम्म (२४ घण्टा दैनिक) श्रवणशक्ति कमजोर हुने
१०० देखि ११० डेसिबल सम्म (१ घण्टा दैनिक) श्रवणशक्ति क्षीण हुने
१२० देखि १४० डेसिबल सम्म बच्चाहरुको श्रवणशक्ति गुम्न सक्ने
१५० देखि १६० डेसिबल सम्म वयस्कहरुको समेत श्रवणशक्ति गुम्न सक्ने

प्रदुषित शहर ?
सन् २०२५ मा संयुक्त रास्ट्र संघ वातावरण कार्यक्रम (युएनईपी) द्वारा गरिएको एक अध्ययन अनुसार विश्वमा सबैभन्दा बढी ध्वनि प्रदूषण हुने दसवटा प्रमुख शहरहरुमध्ये सातवटा शहरहरु त एसियाली राष्ट्रहरु नै पर्दछन्।जसमा नेपालको कुपण्डोल सातौँ ध्वनि प्रदूषित शहरमा पर्दछ। जसमा अत्याधिक ध्वनि प्रदूषण हुने शहरहरुमा ढाका (बंगलादेश), मुरादाबाद (भारत), इस्लामावाद (पाकिस्तान), राजशाही (बंगलादेश), हो छि मिन्ह (भियतनाम), इबादान (नाइजेरिया), कुपण्डोल (नेपाल) रहेका छन् । नेपालमा संचालनमा आएका करिव ९० प्रतिशत बसको हर्नले ध्वनि प्रदूषणको स्तर पार गर्ने गरेका छन्। बसबाट दुइ मिटर सम्मको दुरीमा हर्नको आवृती १०६ डेसिबल हुने गर्दछ भने बसबाट ७ मिटरको दुरीमा समेत ९३ डेसिबल हुने गर्दछ। स्मरण रहोस ८० देसिबल भन्दा माथिको तीव्रताको ध्वनि हाम्रो स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ।

कानुनी व्यवस्था ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले ध्वनि संकेत दिन निषेध गरेको स्थानमा ध्वनि संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यबस्था छ। तथापी कतिपय चालकहरुले ध्वनी प्रदुषणको असर बारेमा चेतनाको अभावले वा लापरवाही गरी अनावश्यक रुपमा प्रेसर हर्न बजाउने गरेकाले आम नागरिकले लामो समयदेखि देखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ। अतः हाम्रो शहर शान्त राखौं विशेषगरी विद्यालय क्षेत्र, अस्पताल क्षेत्र, वन्यजन्तु संरक्षित क्षेत्रलाई अनिवार्य रुपमा ध्वनि प्रदुषण मुक्त पारौं, जथाभावी हर्न नबजाऔं, सभ्य नागरिकको परिचय दिऔं ।

मिलन खरेल
उपप्राध्यापक
डिग्री क्याम्पस, त्रि. वि., विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्