कोलकाताबाट छुटेको कार्गोरेल मंगलबारसम्ममा विराटनगर आईसिपी आइपुग्ने

<span class='c1'>कोलकाताबाट छुटेको कार्गोरेल मंगलबारसम्ममा</span> <span class='c2'>विराटनगर आईसिपी आइपुग्ने</span>

विराटनगर । एकिकृत जाँचचौकी (आइसिपी) विराटनगरस्थित नेपाल कष्टम यार्डसम्म तेस्रो मुलुकबाट आयात भएको मालवस्तु लिएर कार्गो रेल छुटेको छ । शुक्रबार कोलाकता बन्दरगाहबाट विराटनगरका लागि कार्गो रेल छुटेपछि हेन्डलिंकलगायतको तयारी समेत यहाँ भइरहेको छ । रेल मालवस्तु बोकेर मंगलबार दिउँसो आइपुग्नेछ ।

कार्गोरेल आउने भएपछि आईसिपीको व्यवस्थापन हेर्दै आएको ट्रान्स नेपाल सिआरएस लोजी पार्क प्रा.लि.का प्रतिनिधि लक्ष्मी सुब्बाले जानकारी दिएका छन् । उनले मंगलबार ११ बजेसम्ममा आउने संभावना रहेको बताए । भारतको बथनाहामा भने सोमबार नै आउने छ । कार्गो रेलको ¥याकमा ४० फिटका ४० वटा कन्टेनर आइरहेको छ । नेपाल कष्टम यार्डको सिस्टममा ट्रयाकिङ्ग भने छैन ।

यद्यपी कार्गोरेल छुटेपछि त्यसको अनलोड (हेन्डलिंक) का लागि यहाँ आवश्यक पर्ने सामाग्री व्यवस्थापन भइसकेको छ । त्यस बाहेक आईसिपी नजिकको नेपाल कष्ट यार्डमा बिद्युत जडान लगायतको कार्य समेत गरिने छ । कार्गोरेल राती आएमा अनलोड हुँदैन । बिहानसम्म पर्खेर अनलोडको प्रक्रिया थालिनेछ । ¥याकमा भएको कन्टेनर ७ देखि ८ घण्टामा अनलोड गर्नुपर्ने हुन्छ । त्यसभन्दा बढी समय लागेमा ड्यामरेज शुल्क सामान आयातकर्ताले बुझाउनुपर्ने हुन्छ । सुब्बाका अनुसार यदि राती कार्गोरेल आएमा ड्यारेज शुल्क लाग्दैन, त्यहि भएर रातभर कन्टेनर हेन्डलिंक गर्नुपर्ने दवाव हुँदैन । ४० वटा कन्टेरलाई रेलको ¥याकबाट अनलोड गर्न चार घण्टा समय लाग्ने सुब्बाले बताएका छन् । रेलको ¥याकमा ४० फिटका ४५ वटा कन्टेनर वा २० फिटका ९० कन्टेनर क्षमता हुने गर्दछ ।

कोलकाता बन्दरगाहबाट रेल सिधै विराटनगरस्थित नेपाल कष्टम यार्ड (एनसीवाई) का लागि छुटेपछि त्यसले पूर्वक्षेत्रका उद्योगीमा उत्साह समेत थपेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरकै स्वस्तिक आयल इण्डष्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात भएको कच्चा पदार्थ क्यानोला ग्रिन–फार्मर ड्रिसेड रहेको नेपाल महावाणिज्यदूतावास कोलकाताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले तेस्रो मुलुकबाट आयात हुने कच्चा सिधै आईसिपीस्थित भन्सारसम्म आउनु पूर्वका लागि स्वागतयोग्य रहेको बताएका छन् ।

भारतको बथनाहा–कटहरी रेल यातायात अन्तर्गत आईसिपीस्थित नेपाल कष्टम यार्डसम्म कार्गोरेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टरमोडल यातायात विकास समितिलाई दिने नीतिगत निर्णय भइसकेको छ । त्यसका लागि दुईवटा ट्रयाक हस्तान्तरण गरेर व्यवस्थापनमा इन्टरमोडललाई जवाफदेही बनाउने तयारी भइरहेको बेला कार्गो रेल आउन लागेको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक मिश्रका अनुसार तीनवर्ष अगाडी २०८० जेठ १८ मा उद्घाटन भएको कार्गोरेल अब तेस्रो मुलुक समेतको सामान बोकेर दोस्रो पटक आउन लागेको हो । तर, नेपाल कष्टम यार्ड ‘एनसीवाई’ कलसाइनमा तेस्रो मुलुकबाट कार्गो रेलमा कन्टेनर आएको यो पहिलो हुनेछ ।

सोही व्यवस्थाअनुसार शुक्रबार कोलकाता बन्दरगाहबाट यो रेल विराटनगरका लागि छुटेको हो । नेपाल–भारत पारवहन सम्झौताअनुसार तेस्रो मुलुकबाठ आयात हुने मालवस्तुका लागि भारतीय सडक, रेल र जलमार्ग प्रयोग गर्न सकिने व्यवस्था छ । यसका लागि इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ्ग सिस्टम (इसीटिएस) नियमावली भारतको सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोबेम्बर २०२५ मा गरिसकेको छ । अब कोलकाता, हल्दिया र बिशाखापटनम बन्दरगाहबाट नेपालका लागि कार्गो रेल ढुवानी सुरु गर्न सहज छ । कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा सूचना जारी गरेर भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपालको भन्सार यार्डसम्म रेलमार्ग ढुवानी गर्नसकिने जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्