विराटनगरमा सिंचाइ नहरको संरचनामा जताततै पुल निर्माण, सरकारी बजेट दुरुपयोग भएको स्थानीयको गुनासो

<span class='c1'>विराटनगरमा सिंचाइ नहरको संरचनामा जताततै पुल निर्माण,</span> <span class='c2'>सरकारी बजेट दुरुपयोग भएको स्थानीयको गुनासो</span>

सोनु साह
विराटनगर । सुनसरी–मोरङ सिंचाइ आयोजना अन्तर्गत विराटनगरको पश्चिम क्षेत्रमा रहेको मुख्य नहरमा पछिल्लो समय जथाभावी पुल, पुलिया तथा अन्य भौतिक संरचना निर्माण भइरहेको भन्दै स्थानीयले सरकारी बजेटको दुरुपयोग भएको गुनासो गरेका छन्।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालदेखि बीकेभिएम विद्यालयसम्मको दुरीमा नहर वारपार गर्न २० देखि २५ वटा साना–ठूला पुल निर्माण गरिएका छन्। कतिपय पुल स्थानीय सरकार, प्रदेश सरकार र मोरङ–सुनसरी सिंचाइ आयोजनाको बजेटबाट बनेका छन् भने केही स्थानीयकै लगानीमा निर्माण गरिएका छन्।


स्थानीयका अनुसार पहिले मुख्य सडक वा धेरै बस्ती जोड्ने उद्देश्यले पुल निर्माण गरिन्थ्यो। अहिले भने छोटो–छोटो दूरीमै पुल बन्न थालेपछि आवश्यकताभन्दा बढी सरकारी बजेट खर्च गरिएको देखिन्छ। यस्ता साना पुल निर्माणमा करिब १० देखि २० लाख रुपैयाँसम्म खर्च हुने गरेको उनीहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार पुल निर्माण जनताको सुविधाका लागि आवश्यक भए पनि हरेक २००–३०० मिटरमै पुल बनाउनु उपयुक्त नभएको बताउँछन्। सामान्यतया ५०० देखि ६०० मिटरको दूरीमा पुल निर्माण गरिनुपर्ने अभ्यास रहेको उनीहरूको भनाइ छ। केही मिटर घुमेर बाटो काट्न सकिन्छ, घर–घर अगाडि पुल नै हुनुपर्छ भन्ने होइन, एक स्थानीयले भने। नहरको दुवै किनारमा पानीसम्म झर्ने पक्की सिँढी (घाट) समेत निर्माण गरिएको छ। यसले पानीको बहाव साँघुरो बनाउन सक्ने र भविष्यमा निकास प्रणालीमा समस्या आउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। स्थानीय भने धार्मिक पर्व, सौन्दर्यीकरण तथा दैनिक प्रयोगका लागि घाट निर्माण गरिएको बताउँछन्।

विराटनगर महानगरपालिकाका योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठले नहर क्षेत्रमा रहेका सबै पुल महानगरले निर्माण नगरेको स्पष्ट पारे। उनका अनुसार महानगरपालिकाले आवश्यकता मूल्यांकनका आधारमा मात्र ६ वटा पुल निर्माण गरेको हो।
केही पुल स्थानीय व्यक्तिको लगानीमा बनेका छन् भने केही प्रदेश सरकारबाट निर्माण भएका हुन्,उनले भने,सडकको अवस्था, आवतजावत र आवश्यकतालाई आधार मानेर पुल निर्माण गरिएको हो। वडा नम्बर ४ र ५ का बासिन्दाले घरअगाडि नै पुल बनाइदिनुपर्ने माग समेत गर्ने गरेका छन् ।

यता, मोरङ–सुनसरी सिंचाइ आयोजना विराटनगरका प्रमुख मनोहर कुमार साहले आयोजनाले आवश्यकता अनुसार मात्रै पुल निर्माण गरेको बताए। उनका अनुसार जथाभावी पुल निर्माण गर्दा राज्यको बजेटमा अनावश्यक भार पर्ने भएकाले प्राविधिक मापदण्डअनुसार मात्रै संरचना निर्माण हुनुपर्नेमा जोड दिए।

नियमविपरीत जथाभावी पुल निर्माण गर्नु उचित होइन, उनले भने,कतिपय स्थानमा स्थानीयले धार्मिक आस्था, गाईवस्तुलाई पानी खुवाउने तथा घरायसी प्रयोजनका लागि नहरको किनारमा पक्की घाट निर्माण गरेका छन् । स्थानीयवासीले सरकारी निकायबीच समन्वय गरी वास्तविक आवश्यकता पहिचान गरेर मात्रै नयाँ पुल निर्माण गर्नुपर्ने र सार्वजनिक बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्