मेची राजमार्गको अवरोध तत्काल समाधान गर्न महासंघको सरकारसँग माग

<span class='c1'>मेची राजमार्गको अवरोध तत्काल समाधान</span> <span class='c2'>गर्न महासंघको सरकारसँग माग</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मेची राजमार्ग अन्तर्गत इलाम खण्डको सडक अवस्था अत्यन्तै जीर्ण भएको भन्दै तत्काल निर्माण तथा पुननिर्माण गर्न सरकारसँग माग गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिको कार्य युद्धस्तरमा अघि बढाउनुपर्ने माग गरेको हो ।
सडकको दुरावस्थाका कारण पूर्वी पहाडको आर्थिक जीवनरेखा मानिने यस क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको महासंघद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ । सडक सञ्जाल बिग्रिएका कारण विशेषगरी कृषि उत्पादनहरू चिया, अलैँची, अदुवा, दूध, फलफूल र तरकारी समयमै बजारसम्म पुग्न नसक्दा किसान र व्यवसायी दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको भन्दै महासंघले युद्धस्तरमा काम गर्नका लागि आग्रह गरेको छ । ढुवानी लागत असाधारण रूपमा बढेको छ भने सडकको दुरवस्थाले गर्दा पर्यटकको आवागमनमा समेत उल्लेख्य कमी आएको छ । जसका कारण उद्योग र व्यवसाय क्षेत्र प्रत्यक्ष मारमा परेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघका अध्यक्ष राजेन्द्र राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा सडक सुधार गर्ने प्रतिबद्धता दोहोर्याइए पनि अपेक्षित प्रगति हुन नससेको भन्दै त्यसले निजी क्षेत्र, कृषक तथा आम नागरिकमा गहिरो निराशा छाएको भनिएको छ । यो अवस्था अब कुनै पनि हालतमा स्वीकार्य छैन ।

पूर्वी पहाडको व्यापार, पर्यटन र कृषिको मुख्य आधार रहेको मेची राजमार्गको सुधारका लागि आवश्यक बजेट, स्रोत–साधन र जनशक्ति परिचालन गरी तत्काल काम अघि बढाउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । कोशी प्रदेशको समग्र आर्थिक गतिविधिलाई चलायमान राख्न यो सडक खण्डको स्तरोन्नति अपरिहार्य रहेको र यसमा गरिने ढिलासुस्तीले थप आर्थिक जोखिम निम्त्याउने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्