पेट्रोलमा पानी मिसाएको गुनासोपछि विराटनगरको पेट्रोल पम्पमा अनुगमन

<span class='c1'>पेट्रोलमा पानी मिसाएको गुनासोपछि</span> <span class='c2'>विराटनगरको पेट्रोल पम्पमा अनुगमन</span>

विराटनगर । विराटनगर–१९ स्थित न्यु कान्तिपुर पेट्रोल पम्पमा पेट्रोलमा पानी मिसाएर बिक्री गरिएको भन्ने गुनासोपछि नेपाल आयल निगमको प्राविधिक टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा पेट्रोलमा कुनै प्रकारको मिसावट नभेटिएको निगमले जनाएको छ।


पीडित सेवाग्राहीका अनुसार आइतबार उक्त पेट्रोल पम्पबाट करिब ८ हजार रुपैयाँ बराबरको करिब ४५ लिटर पेट्रोल आफ्नो कारमा भरेका थिए। मंगलबार बिहान गाडी स्टार्ट हुन नसकेपछि प्राविधिकमार्फत जाँच गर्दा गाडीको ट्याङ्कीबाट केही मात्रामा पानी निस्किएको बताइएको छ।

त्यसपछि सेवाग्राहीले नेपाल आयल निगम विराटनगर कार्यालय तथा जिल्ला प्रशासन कार्यालय मोरङमा गुनासो गरेका थिए। गुनासो प्राप्त भएपछि नेपाल आयल निगम विराटनगर कार्यालयका प्राविधिकसहितको टोली तत्काल पेट्रोल पम्पमा पुगेर अनुगमन गरेको थियो।

टोलीले पेट्रोल पम्पको भण्डारण ट्याङ्की तथा इन्धन वितरण गर्ने मेसिनबाट नमुना संकलन गरी प्राविधिक परीक्षण तथा गुणस्तर जाँच गरेको थियो। परीक्षणपछि पेट्रोलमा कुनै प्रकारको पानी वा अन्य पदार्थ मिसिएको नपाइएको र इन्धन गुणस्तर मापदण्डअनुसार रहेको जनाएको छ।

नेपाल आयल निगमका कर्मचारीका अनुसार सवारीसाधनको इन्धन ट्याङ्की लामो समयसम्म सफा नगर्दा वा नियमित मर्मतसम्भार नगरेको अवस्थामा ट्याङ्कीभित्र पानी जम्ने सम्भावना रहन्छ। प्रारम्भिक रूपमा गाडीबाट पानी निस्किए पनि पेट्रोल पम्पबाट बिक्री गरिएको इन्धनमा भने कुनै किसिमको मिसावट नदेखिएको उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्