विराटनगर । भारतबाट नेपालमा लागुऔषध भित्र्याएर बिक्रीवितरण गर्दै आएका दुईजना भारतीय नागरिक रंगेलबाट पक्राउ परेका छन् ।
रतबाट नेपालमा लागुऔषध ओसारपसार गर्ने गिरोहहरुको निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ रंगेली न.पा. वडा नं। ७ बाट बुधबार पक्राउ परेका भारतीय नागरिकको साथबाट १०१ ग्राम ब्राउनसुगर बरामद भएको छ । पक्राउ पर्नेमा भारत अररिया बौकाहा मझरा ठेगाना भएका वर्ष २८ को मोहम्मद मुन्ना र वर्ष २५ को मोहम्मद मुकुल रहेका छन् ।