विराटनगर १६ दरैयाको उखुबारीबाट १२ लाखभन्दा बढीको तस्करीका सामान सशस्त्र प्रहरीद्धारा बरामद

<span class='c1'>विराटनगर १६ दरैयाको उखुबारीबाट १२ लाखभन्दा</span> <span class='c2'>बढीको तस्करीका सामान सशस्त्र प्रहरीद्धारा बरामद</span>

विराटनगर । भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म विराटनगर रानीले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोकथाम तथा नियन्त्रणका लागि रातको समयमा समेत निगरानी बढाएको सशस्त्र प्रहरीले बुधबार राति १२ : ३० बजेको समयमा विराटनगर–दरैयास्थित उखुबारीबाट करिब १२ लाख २७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म विराटनगर रानीका डीएसपी तिलक खड्काको नेतृत्वमा खटिएको टोलीले तीन वटा मोटरसाइकलसहित कुर्ता–सुरुवाल, साडी लगायतका महिलाले प्रयोग गर्ने विभिन्न किसिमका कपडा बरामद गरेको जनाएको छ ।

भारतबाट अवैध रूपमा भित्राइएका सामानहरू तस्करहरूले उखुबारीको बाटो हुदै अवैध सामानहरु ओसार पसार गर्ने क्रममा सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि रानी भन्सार कार्यालय, विराटनगरमा बुझाइएको छ । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले रातको समयमा समेत गस्ती तथा निगरानीलाई तीव्रता दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्