विराटनगरको नोबेल मेडिकलमा आजबाट बर्न (जलन) उपचार सेवा सञ्चालन

<span class='c1'>विराटनगरको नोबेल मेडिकलमा आजबाट बर्न</span> <span class='c2'>(जलन) उपचार सेवा सञ्चालन</span>

सोनु साह
विराटनगर । विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा अत्याधुनिक जलन (बर्न) उपचार सेवाको औपचारिक शुभारम्भ गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु र वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकरमान राईले संयुक्त रूपमा सेवाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री लिम्बुले नोबेल अस्पतालले सुरु गरेको जलन उपचार सेवा कोशी प्रदेशका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यस सेवाबाट कोशी प्रदेशका साथै मधेश प्रदेश तथा हिमाली तथा पहाडी जिल्लाका बिरामीले समेत प्रत्यक्ष लाभ लिन सक्ने उल्लेख गरे।

उनले आगलागी तथा विभिन्न कारणले जलन भएका बिरामीले समयमै विशेषज्ञ उपचार नपाउँदा ज्यान गुमाउने अवस्था समेत रहेको उल्लेख गर्दै अब यस्ता बिरामी उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने विश्वास व्यक्त गरे। स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता पनि उनले जनाए।

अस्पतालका जलन तथा प्लास्टिक सर्जन डा. अजय ढकालले पूर्वी नेपालमा जलनका बिरामीका लागि समर्पित उपचार सेवा नहुँदा लामो समयदेखि समस्या रहेको बताए। गम्भीर प्रकृतिको जलन उपचार पूर्वमै सञ्चालन गर्ने प्रयास सफल भएपछि औपचारिक रूपमा सेवा सुरु गरिएको उनको भनाइ थियो।


उनका अनुसार नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत जलनका बिरामी उपचारका लागि आउने गरेका छन्। जलनका अधिकांश बिरामी आर्थिक रूपमा कमजोर हुने भएकाले यो सेवा नाफामुखी भन्दा सेवामुखी रहेको उनले बताए। प्रदेश सरकार तथा निजी संघ–संस्थासँग सहकार्य गरी सेवा अझ प्रभावकारी बनाउने योजना रहेको पनि उनले जानकारी दिए।


अस्पताल प्रशसानका अनुसार अब आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट जलेका बिरामीले विराटनगरमै विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र समर्पित स्वास्थ्यकर्मीबाट गुणस्तरीय उपचार सेवा प्राप्त गर्नेछन्। यसले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्नुका साथै समयमै उपचार उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक प्रविधि र विशेषज्ञ जनशक्तिमार्फत सुरक्षित, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई आगामी दिनमा पनि निरन्तर सुदृढ गर्दै जाने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्