कोशी प्रदेशमा शिशुको डायपरदेखि महिलाको मलद्वारसम्म ब्राउन सुगर ओसारपसार

<span class='c1'>कोशी प्रदेशमा शिशुको डायपरदेखि महिलाको</span> <span class='c2'>मलद्वारसम्म ब्राउन सुगर ओसारपसार</span>

प्रेम देवान
विराटनगर । कोशी प्रदेशमा लागुऔषध कारोबारीहरूले प्रहरीको आँखा छल्न नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । पछिल्लो समय झापा र मोरङमा प्रहरीले फेला पारेका दुई फरक घटनाले लागुऔषध ओसारपसारको शैली झनै जोखिमपूर्ण र चकित पार्ने बन्दै गएको देखाएको छ ।

झापाको भद्रपुरमा दुई महिनाको शिशुको डायपरभित्र लुकाएर ब्राउन सुगर ओसारपसार गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । साउन ६ गते बुधबार साँझ करिब ५ बजेर १५ मिनेटमा भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अटो रोकेर जाँच गर्ने क्रममा शिशुको डायपरभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको ब्राउन सुगर फेला पारेको हो ।

प्रहरीका अनुसार प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लास्टिक हटाउँदा ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । घटनामा अटो चालक भारतको किशनगञ्ज घर भई हाल बिर्तामोड–५ बस्ने ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन र अटोमा सवार ३८ वर्षीय मोहम्मद तजरुललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुई महिनाको शिशुलाई भने कानुनी प्रक्रिया पूरा गरी संरक्षणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाका अनुसार अनुसन्धानका क्रममा शिशुलाई समेत लागुऔषध ओसारपसारको माध्यम बनाइएको खुलेको हो । बालबालिकालाई प्रयोग गर्दा प्रहरीको शंका कम हुने विश्वासमा कारोबारीहरूले यस्तो तरिका अपनाएको हुनसक्ने प्रहरीको भनाइ छ । शिशुको डायपरभित्र लागुऔषध लुकाएर ओसारपसार गरिएको घटना भने पहिलोपटक फेला परेको प्रहरीको दाबी छ । यस्तै, मोरङको रंगेलीमा पनि केही दिनअघि महिलाको शरीरको संवेदनशील अंगमा लुकाएर ब्राउन सुगर नेपाल भित्राउने प्रयास गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोशी प्रदेश र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले असार ३१ गते इलामको चुलाचुली गाउँपालिका–१ स्थायी घर भई हाल मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बस्दै आएकी २० वर्षीया भूमिका फागोलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीसँगै उनका २३ वर्षीय श्रीमान् सम्योक वानेम फागोलाई समेत नियन्त्रणमा लिइएको थियो । महिलाले शरीरको संवेदनशील अंगमा लुकाएर ब्राउन सुगर ओसारपसार गरेको घटना कोशी प्रदेशमा पहिलोपटक फेला परेको प्रदेश प्रहरीको दाबी छ । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

भारतसँग खुला सीमा जोडिएका झापा, मोरङ र सुनसरीलगायतका जिल्लाहरू लागुऔषध ओसारपसारका प्रमुख मार्गका रूपमा प्रयोग हुँदै आएका छन् । प्रहरीले पछिल्लो समय ब्राउन सुगर, गाँजा, चरेस, अफिमलगायत विभिन्न प्रकारका लागुऔषधसहित ठूलो संख्यामा मानिसहरूलाई पक्राउ गर्दै आएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै कोशी प्रदेशमा लागुऔषधसम्बन्धी करिब १ हजार ३ सय १३ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न २ हजार ७ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्