विराटनगर जुनियर जेसिजद्वारा ‘लिगल लेन्स’ सम्पन्न: कानुनी साक्षरता बलियो नभई नागरिक सशक्तीकरण सम्भव नहुने निष्कर्ष

<span class='c1'>विराटनगर जुनियर जेसिजद्वारा ‘लिगल लेन्स’ सम्पन्न: कानुनी साक्षरता</span> <span class='c2'>बलियो नभई नागरिक सशक्तीकरण सम्भव नहुने निष्कर्ष</span>

विराटनगर।समाजमा कानुनी सचेतनाको जग बलियो बनाउँदै जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यका साथ विराटनगर जुनियर जेसिजको आयोजनामा एकदिवसीय कानुनी साक्षरता कार्यक्रम ‘लिगल लेन्स: नो योर राइट्स’सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूलाई नेपालको संविधानले प्रदान गरेका मौलिक अधिकार, नागरिक कर्तव्य र दैनिक जीवनमा आइपर्ने व्यावहारिक कानुनी प्रक्रियाका बारेमा विस्तृत रूपमा सुसूचित गराइएको थियो।

विराटनगर जुनियर जेसिजका अध्यक्ष जुनियर जेसी ओम जोगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता नारायण वस्ती र विराटनगर जुनियर जेसिजकी निवर्तमान अध्यक्ष एवं अधिवक्ता आयुषा खत्रीवडाले मुख्य सहजकर्ताको भूमिका निर्वाह गरेका छन्। सहजकर्ताद्वयले ‘कानुनको अज्ञानता क्षम्य नहुने’ उल्लेख गर्दै लोकतान्त्रिक समाजमा अधिकारको उपभोगसँगै कर्तव्यको पालना उत्तिकै महत्त्वपूर्ण हुने पक्षमाथि विशेष जोड दिएका छन्।


कार्यक्रमको सञ्चालन विराटनगर जुनियर जेसिजकी महासचिव जुनियर जेसी रक्षिता तिम्सिनाले गरेकी छन् भने जुनियर जेसी ईशा बजगाईंले संयोजकको रूपमा जिम्मेवारी सम्हालेकी छन्। अन्तरक्रियात्मक शैलीमा सञ्चालित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरू, विशिष्ट अतिथिहरू, जेसिजका पदाधिकारी तथा युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। खुल्ला सत्रमा सहभागीहरूले राखेका व्यावहारिक कानुनी जिज्ञासा र जटिलताहरूबारे सहजकर्ताहरूले स्पष्ट पारेका छन्।

कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा आयोजक विराटनगर जुनियर जेसिजले प्रमुख वक्ता, अतिथि, सहयोगी एवम् सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गरेको छ। युवाहरूमा कानुनी साक्षरता अभिवृद्धि गरेर मात्र न्यायपूर्ण समाजको निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै संस्थाले आगामी दिनमा पनि यस्ता चेतनामूलक तथा रूपान्तरणकारी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्