मेरिल्याण्ड कलेजका विद्यार्थीलाई क्लास रिप्रेजेन्टेटिभको जिम्मेवारीसँगै ब्याज वितरण

<span class='c1'>मेरिल्याण्ड कलेजका विद्यार्थीलाई क्लास</span> <span class='c2'>रिप्रेजेन्टेटिभको जिम्मेवारीसँगै ब्याज वितरण</span>

विराटनगर । विराटनगर–९ रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले विद्यार्थीमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लास रिप्रेजेन्टेटिभ छनोट तथा ब्याज वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक कक्षाबाट एक छात्रा र एक छात्रलाई क्लास रिप्रेजेन्टेटिभका रूपमा छनोट गरिएको कलेजले जनाएको छ । छनोट भएका विद्यार्थीलाई आफ्ना कक्षाका विद्यार्थीको समन्वय, अनुशासन तथा आवश्यकताबारे कलेज प्रशासनसँग सहजीकरण गर्ने जिम्मेवारी दिइएको कलेज प्रिन्सीपल लक्ष्मण ढकालले जानकारी दिए ।

क्लास रिप्रेजेन्टेटिभले विद्यार्थी र कलेज प्रशासनबीच पुलको भूमिका निर्वाह गर्दै विद्यार्थीका समस्या तथा गुनासोलाई प्रशासनसमक्ष पुर्‍याउने र समाधानका लागि सहजीकरण गर्ने प्रिन्सिपल ढकालले बताउनुभयो ।प्रिन्सिपल ढकालले विद्यार्थीलाई पढाइसँगै नेतृत्व गर्ने अवसर प्रदान गर्न क्लास रिप्रेजेन्टेटिभको अवधारणा अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो , “विद्यार्थीको नेतृत्व क्षमता विकास गर्नुका साथै उनीहरूमा जिम्मेवारीबोध, अनुशासन र समन्वय गर्ने सीप विकास गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो । क्लास रिप्रेजेन्टेटिभले आफ्ना सहपाठीका समस्या र आवश्यकतालाई कलेज प्रशासनसम्म पुर्‍याउने तथा प्रशासनका निर्णय र सूचनालाई विद्यार्थीमाझ प्रभावकारी रूपमा पुर्‍याउने भूमिका निर्वाह गर्नेछन् ।”


कलेजले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक तथा नेतृत्वसम्बन्धी सीप विकासमा समेत जोड दिँदै आएको प्रिन्सिपल ढकालको भनाइ छ ।
कार्यक्रममा छनोट भएका क्लास रिप्रेजेन्टेटिभलाई ब्याज वितरण गर्दै उनीहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिइएको थियो । कलेज प्रशासनले क्लास रिप्रेजेन्टेटिभमार्फत विद्यार्थीका समस्या, सुझाव र गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्