देवानगञ्ज घटनाका घाइतेलाई भेट्न स्वास्थ्यमन्त्री मेहता विराटनगरमा, उपचारमा कुनै कमी नगर्न निर्देशन

<span class='c1'>देवानगञ्ज घटनाका घाइतेलाई भेट्न स्वास्थ्यमन्त्री मेहता</span> <span class='c2'>विराटनगरमा, उपचारमा कुनै कमी नगर्न निर्देशन</span>

सोनु साह
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विराटनगरका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्यमन्त्री निशा मेहता मंगलबार विराटनगर आइपुगेकी छन्।

स्वास्थ्यमन्त्री मेहताले विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । उनले घाइतेसँग प्रत्यक्ष भेटघाट गर्नुका साथै उनीहरूका आफन्त तथा कुरुवासँग पनि कुराकानी गरेकी थिइन्।

अस्पताल प्रशासनसँग उपचारको अवस्थाबारे जानकारी लिँदै मन्त्री मेहताले घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी हुन नदिन निर्देशन दिएकी छन्। आवश्यक औषधि, उपचार र स्वास्थ्य सेवामा कुनै समस्या हुननदिन अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् । अस्पताल भ्रमणका क्रममा उनले घाइतेका परिवारजनलाई धैर्य रहन आग्रह गर्दै सरकारले आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको विवादपछि स्थिति हिंसात्मक बनेको थियो। घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा ल्याउने क्रममा देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

घटनामा घाइते भएका अन्य व्यक्तिहरूको उपचार भने विराटनगरका विभिन्न अस्पतालमा जारी रहेको छ। स्वास्थ्यमन्त्री मेहताले उपचाररत सबै घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक परे सरकारले थप सहयोग उपलब्ध गराउने बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्