कप्तानगञ्ज घटनाबारे सरकारले छानबिन समिति गठन, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

<span class='c1'>कप्तानगञ्ज घटनाबारे सरकारले छानबिन समिति गठन, पीडितलाई</span> <span class='c2'>क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता</span>

विराटनगर । नेपाल सरकारले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । साथै, उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रसारण नगर्न तथा त्यस्ता सूचनाबाट प्रभावित नहुन नागरिकलाई अपिल गरेको छ ।

सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित छानबिन समिति गठन गरेको छ । समितिले आफ्नो काम सुरु गरिसकेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्