गर्मीका कारण इटहरीका सबै विद्यालय तीन दिन बन्द

<span class='c1'>गर्मीका कारण इटहरीका सबै</span> <span class='c2'>विद्यालय तीन दिन बन्द</span>

विराटनगर । लगातारको अत्यधिक गर्मीका कारण पठनपाठन प्रभावित हुने अवस्था आएपछि इटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जारी गरेको सूचनाअनुसार शैक्षिक सत्र २०८३ को वार्षिक बिदाबाट कट्टी हुने गरी साउन १३ गते (बुधबार) देखि साउन १५ गते (शुक्रबार) सम्म सबै विद्यालय बन्द रहनेछन्।

महाशाखाले प्रतिकूल मौसमका कारण नियमित शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भएको भन्दै विद्यार्थी, शिक्षक तथा अभिभावकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिने निर्णय गरिएको जनाएको छ।

उपमहानगरपालिकाका अनुसार साउन १८ गते (सोमबार) देखि विद्यालयहरू पुनः नियमित रूपमा सञ्चालन हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्