देवानगञ्जमा नेपाली सेनाको हवाई गस्ती

<span class='c1'>देवानगञ्जमा नेपाली सेनाको</span> <span class='c2'>हवाई गस्ती</span>

विराटनगर । सुनसरीको देवानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको विवादपछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बुधबार बिहानैदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ।

आइतबार रातिदेखि सुरु भएको विवाद क्रमशः उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु लागू भए पनि केही स्थानमा स्थानीयले प्रदर्शन जारी राखेका थिए। त्यसपछि सुनसरीका विभिन्न स्थानमा तनाव बढ्दै गएपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको हो।

मंगलबार साँझ करिब ७ बजे पुनः दुई पक्षबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको थियो। त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।

जिल्ला प्रशासन कार्यालयले सुनसरीका ९ स्थानीय तहका १० वटा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। बुधबार बिहानदेखि अवस्था तुलनात्मक रूपमा सामान्य देखिए पनि कुनै अप्रिय घटना हुन नदिन नेपाली सेनाले हवाई गस्ती गरिरहेको छ।

हाल प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत रहेको छ भने सुरक्षा निकायले नागरिकलाई प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्