विराटनगर विमानस्थलबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

<span class='c1'>विराटनगर विमानस्थलबाट लागूऔषध ब्राउन</span> <span class='c2'>सुगरसहित एक युवक पक्राउ</span>

विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौं लैजान खोजिएको लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार साझ ७ बजे विराटनगर महानगरपालिका–१९ स्थित महेन्द्रचोकमा रहेको एक्सो एक्सपे्रस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताको कार्टुन शंकास्पद देखिएपछि विमानस्थलमा सुरक्षा जाँचका क्रममा एक्स–रे परीक्षण गरिएको थियो।

जाँचका क्रममा जुत्ताभित्र कालो प्लास्टिकमा बेरेर जुत्ताको सोलभित्र लुकाइ राखिएको १८.४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको मोरङ प्रहरीले जनाएको छ। कुरियर गर्न विमानस्थल पुगेका विराटनगर महानगरपालिका–५ निवासी २४ वर्षीय सुशान्त खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बरामद गरिएको पदार्थको प्रकृति तथा संलग्नता सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका खड्कामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्