मोरङमा मस्जिद, चर्च र मन्दिरमा चर्को आवाजमा प्रशासनको रोक

<span class='c1'>मोरङमा मस्जिद, चर्च र मन्दिरमा</span> <span class='c2'>चर्को आवाजमा प्रशासनको रोक</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक तथा सांस्कृतिक कार्यक्रमका क्रममा अत्यधिक ध्वनि निकाल्ने लाउड स्पिकर, माइक, भोपु तथा साउन्ड बक्सको प्रयोग नगर्न सबै धर्मावलम्बी तथा सरोकारवालालाई आग्रह गरेको छ। मापदण्ड विपरीत ध्वनि प्रदूषण गरे कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक गतिविधिका नाममा उच्च ध्वनिमा ध्वनि उपकरण प्रयोग हुँदा बालबालिका, वृद्धवृद्धालगायत सर्वसाधारणमा ध्वनि प्रदूषणको असर बढ्दै गएको भन्दै जनगुनासो प्राप्त भएको उल्लेख गरिएको छ।

प्रशासनका अनुसार सर्वोच्च अदालतको २०८० पुस १६ गतेको फैसला तथा नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको राष्ट्रिय ध्वनि गुणस्तर मापदण्ड–२०६९ बमोजिम ध्वनि नियन्त्रण गर्नुपर्ने व्यवस्था रहेको छ। सोही मापदण्डअनुसार आवासीय क्षेत्रमा दिउँसो ५५ डेसिबल र राति ४५ डेसिबलभन्दा बढी ध्वनि हुन नहुने व्यवस्था रहेको सूचनामा उल्लेख छ।

जिल्लाभित्र रहेका मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बालगायत सबै धार्मिक स्थललाई आफ्ना धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दा तोकिएको ध्वनि मापदण्ड पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले तोकिएको मापदण्ड विपरीत ध्वनि प्रदूषण गरे वा गराए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्