मोरङ प्रशासनद्वारा विराटनगरमा ड्रोनमार्फत कडा सुरक्षा निगरानी

<span class='c1'>मोरङ प्रशासनद्वारा विराटनगरमा ड्रोनमार्फत</span> <span class='c2'>कडा सुरक्षा निगरानी</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत निगरानी सुरु गरेको छ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले विराटनगरका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था थप कडा बनाइएको र आकाशबाट ड्रोनमार्फत गतिविधिको निगरानी भइरहेको जानकारी दिए । उनले भने, ूजिल्लाको समग्र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै संवेदनशील स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। ड्रोनमार्फत निरन्तर निगरानी भइरहेको छ । शान्ति–सुरक्षा कायम राख्न आवश्यक सबै सुरक्षा संयन्त्र उच्च सतर्कतामा छन् । नागरिकलाई अफवाहमा नलागी ढुक्क भएर आफ्नो दैनिक कामकाज गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दछौं।
विराटनगरका विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ। मुख्य चोक, बजार क्षेत्र तथा अन्य संवेदनशील स्थानहरूमा सुरक्षा उपस्थिति बढाइएको छ ।

यसैबीच, एक समूहले विराटनगर बन्दको आह्वान गरेपछि मुख्य बजारका अधिकांश पसलहरू बन्द देखिएका छन्। । यद्यपि भित्री गल्लीका केही पसल सञ्चालनमा रहेका छन्। । विराटनगरको हनुमान मन्दिर र ट्राफिक चौकमा केही बेर अघि बन्दकर्ता टायर बालेर प्रदर्शन गरेका थिए ।

विराटनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।
मोरङ प्रशासनले जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको जनाउँदै कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा शान्ति–सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । साथै नागरिकलाई संयमित रहन र सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्