बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

<span class='c1'>बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो</span> <span class='c2'>पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु</span>

विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गतको बिराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमै पहिलो पटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ। यससँगै फोक्सोको क्यान्सरका जटिल शल्यक्रियाका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता हट्ने हस्पिटलले जनाएको छ।

यस सेवाको नेतृत्व जीआई-एचपिबी अन्कोसर्जन, ब्रेस्ट अन्कोसर्जन तथा साइटोरिडक्टिभ एण्ड हाइपेक सर्जन डा. शिवराज शर्माले गर्नुहुनेछ। उहाँले भारतको टाटा मेडिकल सेन्टर, कोलकाताअन्तर्गतको थोरासिक अन्कोसर्जरी विभाग र चीनको सांघाई पल्मोनरी अस्पतालबाट युनिपोर्टल भ्याट्स एण्ड र्‍याट्स सम्बन्धी प्रतिष्ठित फेलोसिप तालिम सफलतापूर्वक सम्पन्न गरी बिराट क्यान्सर इन्स्टिच्युटमा पुनः आफ्नो सेवा सुरु गर्नुभएको हो।

हस्पिटलमा वरिष्ठ फोक्सो एवं श्वासप्रश्वास तथा निद्रा रोग विशेषज्ञका रुपमा प्रा. डा. पुरु कोइराला र डा. रेजिना शाही रहनुभएको छ। फेलोसिपबाट प्राप्त आधुनिक ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभवका आधारमा अब बिसिआईमा फोक्सोको क्यान्सरसँगै छातीसम्बन्धी विभिन्न क्यान्सरका जटिल शल्यक्रिया विशेषज्ञ सेवासहित उपलब्ध रहेको छ। टिममा अन्को सर्जन डा. जगरनाथ चौधरी, अन्को एनेस्थेसियोलोजिस्ट डा. रुजन बम र अन्को-फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ रहनुभएको छ।

बिराट क्यान्सर इन्स्टिच्युटमा यसअघि नै सर्जिकल अन्कोलोजी, मेडिकल अन्कोलोजी तथा हेमाटोलोजी, क्लिनिकल अन्कोलोजी, रेडिएसन अन्कोलोजी, किमोथेरापी र न्युक्लियर मेडिसिन,,इन्टरभेन्सनल रेडियोलोजी,लगायतका सेवा सञ्चालनमा रहेका छन्। थोरासिक अन्कोसर्जरी सेवा थपिएसँगै संस्थाले पूर्वी नेपालका बिरामीलाई अझ व्यापक र समग्र क्यान्सर उपचार उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

फोक्सोको क्यान्सरको शल्यक्रिया दूरबिन (भ्याट्स) प्रविधिबाट गरिने र निकट भविष्यमा रोबोटिक सर्जरी समेत सुरु गर्ने डा. शर्माले बताउनुभयो। यसैगरी श्वासप्रश्वास नलीनजिकको गिर्खा पत्ता लगाउन इबस (EBUS) जाँच सेवा पनि उपलब्ध रहेको छ। यहाँ क्यान्सरसम्बन्धी अनुभवी चिकित्सकहरूको टिम रहेकाले अब पूर्वी नेपालका बिरामीले जटिल शल्यक्रियाका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने हस्पिटलको विश्वास छ।

अस्पताल प्रशासनका अनुसार बिराट क्यान्सर इन्स्टिच्युटलाई नै रोज्नुपर्नुको कारण प्रस्ट छ। अन्तर्राष्ट्रिय स्तरको फेलोसिप तालिम लिएका अन्कोसर्जनदेखि अन्को एनेस्थेसियोलोजिस्ट र अन्को-फिजियोथेरापिस्टसम्मको समर्पित टिम एकै ठाउँमा उपलब्ध हुनु यहाँको सबैभन्दा ठूलो विशेषता हो। साथै, सर्जिकल, मेडिकल, क्लिनिकल तथा रेडिएसन अन्कोलोजी, किमोथेरापी, न्युक्लियर मेडिसिन र अब थोरासिक अन्कोसर्जरीसमेत एकै संस्थामा उपलब्ध हुँदा बिरामीलाई उपचारका लागि यता र त्यता धाउनुपर्ने झन्झट पर्दैन। हस्पिटलमा फोक्सोको क्यान्सर, छातीको ट्युमर, खाद्यनली, पेट, पित्तनली र मलद्वारसम्बन्धी लगायत शल्यक्रिया गरिन्छ।

दूरबिन (भ्याट्स) प्रविधिबाट हुने शल्यक्रिया र निकट भविष्यमा थपिने रोबोटिक सर्जरी सुविधाले ठूला सहरका अस्पतालमा मात्र पाइने आधुनिक उपचार अब पूर्वी नेपालमै सुलभ बनाएको छ। इबस जस्ता जाँच सेवाले फोक्सो तथा श्वासप्रश्वास नलीनजिकको गिर्खा प्रारम्भिक अवस्थामै पत्ता लगाउन सघाउने भएकाले उपचार सफलताको सम्भावना पनि बढ्ने चिकित्सकहरूको भनाइ छ। यसबाहेक, काठमाडौं वा विदेश धाउनु नपर्दा बिरामी र तिनका परिवारको यात्रा खर्च, समय र मानसिक तनाव समेत घट्ने हस्पिटलको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्