विराटनगरमा भोलि आठौँ महाकाँवर यात्रा, हजारौँ भक्तजन सहभागी हुने अपेक्षा

<span class='c1'>विराटनगरमा भोलि आठौँ महाकाँवर यात्रा,</span> <span class='c2'>हजारौँ भक्तजन सहभागी हुने अपेक्षा</span>

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित बटकेश्वर महादेव मन्दिर परिसरबाट प्रत्येक वर्ष आयोजना हुँदै आएको आठौँ महाकाँवर यात्रा सोमबार भव्य रूपमा निकालिने भएको छ। आयोजक समितिले सम्पूर्ण श्रद्धालु तथा विराटनगरवासीलाई धार्मिक यात्रामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

यात्राबारे जानकारी दिन आइतबार बटकेश्वर महादेव मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा महाकाँवर यात्रा समितिका संयोजक राघव सहनीले २०७६ सालदेखि सुरु भएको महाकाँवर यात्राले यस वर्ष आठौँ संस्करणमा प्रवेश गरेको जानकारी दिए ।

उनका अनुसार सुरुवाती वर्ष २६ फिट लामो बाँसको काँवरबाट यात्रा सुरु गरिएको भए पनि यस वर्ष विशेष रूपमा ४१ फिट लामो महाकाँवर निर्माण गरिएको छ। धार्मिक आस्था र परम्परालाई अझ भव्य बनाउने उद्देश्यले यसपटक यात्राको तयारी व्यापक रूपमा गरिएको आयोजकले जनाएको छ।

यात्राका क्रममा विराटनगर आसपासका सिंघिया, केसलिया, बुढीगंगा र लोहन्द्रा नदीबाट पवित्र जल संकलन गरिनेछ। संकलित जललाई बटकेश्वर महादेव मन्दिरमा ल्याएर शुद्धीकरण गरिने र सोमबार बिहान एक सय लिटर पवित्र जल महाकाँवरमा राखी ३६ जना भक्तजनले काँधमा बोकेर विराटनगर नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।

नगर परिक्रमा सम्पन्न भएपछि यात्रा बरगाछी चोक पूर्वस्थित बासुकीनाथ मन्दिरमा पुगेर जल अर्पण गराईने भएको छ । आयोजक समितिका अनुसार महाकाँवर यात्रा धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ। प्रत्येक वर्ष भक्तजनको सहभागिता बढ्दै गएकाले यस वर्ष पनि हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।

समितिले यात्रा शान्तिपूर्ण, अनुशासित र भव्य रूपमा सम्पन्न गर्न सबै भक्तजन, स्थानीयवासी तथा विभिन्न संघ–संस्थालाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ। सोमबार बिहानदेखि सुरु हुने यात्रामा सहभागी भई भगवान शिवप्रति आस्था प्रकट गर्न आयोजकले सबैमा आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्