विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित देवनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीले बिहान ५ बजेदेखि छापा मारेर खानतलासी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घर घेरा हालेर खोजतलास गरेको हो।
छापापछि ग्रुपका बेनीगोपाल मुन्दडा र उद्योगी प्रकाश मुन्दडाले प्रहरी आएको स्वीकार गर्दै “घरबाट केही पनि बरामद नभएको र आफूहरूले क्लिन चिट पाएको” बताएका छन्।
यद्यपि, प्रहरीतर्फबाट भने छापाको कारण वा नतिजाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
अचानक गरिएको यस कारबाही र त्यसपछिको बयानले घटनाप्रति थप जिज्ञासा बढाएको छ।