७औं बिबिए कप बास्केटबल: टिम दर्ता गर्ने भोलि अन्तिम दिन

<span class='c1'>७औं बिबिए कप बास्केटबल: टिम</span> <span class='c2'>दर्ता गर्ने भोलि अन्तिम दिन</span>

विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा हुन लागेको '७औं बिबिए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग' मा सहभागी हुन चाहने विद्यालयहरूका लागि टिम दर्ता गर्ने समय भोलि, साउन २० गते समाप्त हुँदैछ।

आगामी साउन २७ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने यस लिगमा कक्षा १२ सम्मका छात्र तथा छात्रा दुवै समूहका टिमहरूले प्रतिस्पर्धा गर्न पाउनेछन्। आधिकारिक FIBA नियमहरू अनुसार खेलाइने यस प्रतियोगिताको मुख्य आकर्षण 'होम एण्ड अवे' ढाँचा हो, जसले सहभागी विद्यालयहरूलाई आफ्नै कोर्टमा खेल आयोजना गर्ने र विद्यालयको गौरव बढाउने अवसर प्रदान गर्दछ। यस प्रतियोगिताको अघिल्लो संस्करण अर्थात् 'एक्स्पर्ट छैटौं बिबिए कप' मा BKVM विद्यालयले ऐतिहासिक सफलता हात पारेको थियो। उक्त संस्करणको फाइनलमा छात्रतर्फ सगरमाथा विद्यालय र छात्रातर्फ अरनिको विद्यालयलाई पराजित गर्दै BKVM ले दुवै विधामा उपाधि जितेर आफ्नो दबदबा कायम गरेको थियो।

यस वर्षको लिगमा १२ देखि १६ विद्यालयका करिब ३०० भन्दा बढी खेलाडीहरू र २० वटासम्म टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । १५,००० भन्दा बढी दर्शक र ५ लाखभन्दा बढी डिजिटल पहुँच पुग्ने अनुमान गरिएको यस प्रतियोगिताले युवा खेलाडीहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्नेछ। इच्छुक विद्यालयहरूले भोलि कार्यालय समयभित्र आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्