ड्रोन क्यामेराबाट निगरानी गर्दै लेटाङ प्रहरी, अपराध नियन्त्रणमा प्रविधिको प्रयोग

<span class='c1'>ड्रोन क्यामेराबाट निगरानी गर्दै लेटाङ</span> <span class='c2'>प्रहरी, अपराध नियन्त्रणमा प्रविधिको प्रयोग</span>

सोनु साह
विराटनगर । इलाका प्रहरी कार्यालय लेटाङले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन तथा आपतकालीन उद्धार कार्यलाई छिटो र व्यवस्थित बनाउन ड्रोन क्यामेरामार्फत निगरानी तथा गस्ती गर्दै आएको छ ।

प्रहरीले बढ्दो अपराध नियन्त्रण, अवैध कारोबार, लागुऔषध ओसारपसारलगायत विभिन्न आपराधिक गतिविधिमाथि सूक्ष्म निगरानी राख्न आधुनिक प्रविधिको प्रयोग थालेको जनाएको छ। ड्रोनमार्फत दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा समेत नजिकबाट निगरानी गर्न सहज हुने विश्वास प्रहरीले लिएको छ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सागर साहका अनुसार ड्रोन क्यामेराले टाढाबाट हुने गतिविधिसमेत स्पष्ट रूपमा कैद गर्न सक्ने भएकाले अपराध अनुसन्धान र निगरानीलाई थप प्रभावकारी बनाउनेछ। उनका अनुसार लेटाङ पहाडी भूगोल भएको क्षेत्र भएकाले डाँडाकाँडा तथा दुर्गम स्थानमा प्रत्यक्ष निगरानी गर्न चुनौती हुने गरेको छ। यस्ता क्षेत्रमा ड्रोनको प्रयोगले प्रहरीलाई धेरै सहज बनाएको उनले बताए।

प्रहरी निरीक्षक साहले कार्यालयको आन्तरिक स्रोतबाट ड्रोन खरिद गरी सञ्चालनमा ल्याइएको जानकारी दिँदै यसलाई ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धान, भीडभाडको निगरानी तथा आपतकालीन अवस्थामा छिटो प्रतिक्रिया सुनिश्चित गर्न प्रयोग गरिने बताए। यसबाट प्रहरी सेवालाई प्रविधिमैत्री, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्य रहेको उनको भनाइ छ।

उनले प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यलाई अपराध नियन्त्रणको मुख्य आधारका रूपमा उल्लेख गर्दै स्थानीयवासीको सक्रिय सहभागिताविना समाजमा शान्ति सुरक्षा कायम गर्न कठिन हुने बताए।

प्रहरी निरीक्षक साहको पहलमा इलाका प्रहरी कार्यालय लेटाङमा नागरिक सहायता कक्षमा डिजिटल डिस्प्ले बोर्ड जडान गरी सचेतनामूलक सन्देश प्रवाह, सञ्चार शाखा स्थापना तथा हिरासत कक्षमा पुस्तकालय सञ्चालनजस्ता सुधारात्मक कार्यसमेत गरिएको छ। यी प्रयासले प्रहरी सेवाप्रति नागरिकको विश्वास बढाउन सकारात्मक योगदान पुर्‍याएको बताइएको छ।

प्रहरी सेवामा देखाएको उत्कृष्ट कार्यसम्पादन, नेतृत्व क्षमता र नवप्रवर्तनकारी कार्यशैलीको मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक सागर साहलाई २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्