बजारमा ग्यास अभाव भएपछि विराटनगरमा प्रशासनको छड्के अनुगमन

<span class='c1'>बजारमा ग्यास अभाव भएपछि</span> <span class='c2'>विराटनगरमा प्रशासनको छड्के अनुगमन</span>

विराटनगर । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनलाई तीव्र बनाएको छ । उपभोक्ताबाट ग्यास सहज रूपमा नपाएको भन्दै लगातार गुनासो आउन थालेपछि प्रशासनले मंगलबार विभिन्न नियामक निकायसँग समन्वय गरी विराटनगरका ग्यास डिलरहरूमा छड्के अनुगमन गरेको हो।


अनुगमन टोलीले विराटनगरस्थित कोशी, सुविधा, रिजाल लगायतका ग्यास डिलरको निरीक्षण गर्दा केही व्यवसायीले कानुनी रूपमा आवश्यक कागजात पूरा नगरेको, पसलको नाम स्पष्ट रूपमा उल्लेख नगरेको तथा व्यवसाय सञ्चालनसम्बन्धी बोर्ड नराखेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासनिक अधिकृत कोविद ढकालका अनुसार पहिलो चरणमा सम्बन्धित व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिँदै सम्झाइबुझाइ गरिएको छ। उनले आगामी अनुगमनमा पनि यस्तै कमजोरी दोहोरिए कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने चेतावनी दिए ।

अनुगमनका क्रममा व्यवसायीले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको भने नपाइएको प्रशासनले जनाएको छ । अधिकृत ढकालका अनुसार बजारमा ग्यासको अभाव देखिनुको मुख्य कारण एउटै घरपरिवारले आवश्यकता भन्दा बढी, तीनदेखि चारवटासम्म सिलिन्डर घरमै सञ्चित गर्ने प्रवृत्ति रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । यसले नियमित रूपमा ग्यास खरिद गर्ने उपभोक्तालाई समस्या परेको प्रशासनको भनाइ छ ।

यता ग्यास व्यवसायी तेजलाल श्रेष्ठले पनि पछिल्लो समय कोशी ग्यासका उपभोक्ताको संख्या अत्यधिक भएकाले मागअनुसार आपूर्ति गर्न कठिनाइ भइरहेको बताए। उनले ग्यास कम्पनीबाट प्राप्त हुने कोटा सीमित हुँदा बजारको माग धान्न चुनौती भएको उल्लेख गर्दै आपूर्ति व्यवस्थापनमा सुधार ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा नियमविपरीत व्यवसाय सञ्चालन गर्ने जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्