विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट प्रोडक्ट डेलिभरी अर्डर लिएर ग्यास आयात गर्ने कोशीका पाँच उद्योगबाट बुधबार २२ हजार ६३६ बढी भरिएका ग्यास सिलिण्डर डिलरमा पुग्दैछन् । नेपाल आयल निगम प्रादेशिक कार्यालयले दिएको विवरण अनुसार बुढीगंगास्थित कोशी ग्यास उद्योगका १० हजार ६७० सिलिण्डर ५० वटा डिलरमा पुग्नेछ ।
यसैगरी मारुती ग्यास उद्योगका ५ हजार ३२३ सिलिण्डर ५८ डिलरमा पुग्नेछन् । यसैगरी प्रिमा ग्यास उद्योगको ३ हजार ९९१ सिलिण्डर ४४ वटा डिलरमा पुग्दैछन् । सुगम ग्यास उद्योगबाट २ हजार २२४ सिलिण्डर २८ डिलरमा र रिजालको ग्यास उद्योगबाट ५०० सिलिण्डर १७ डिलरमा पुग्नेछन् ।





