विराटनगर। विराटनगरका मनन श्रेष्ठले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले सञ्चालन गरेको बीई तथा बीआर्क प्रवेश परीक्षा–२०८३ मा नेपालभर प्रथम स्थान हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेका छन्।
बालकल्याण विद्या मन्दिर (विकेभिएम) कलेजका विद्यार्थी श्रेष्ठले देशभरका हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट अंकसहित आइओई प्रवेश परीक्षाको टपर बन्न सफल भएका हुन्। उनको यो उपलब्धिलाई विराटनगरको शैक्षिक क्षेत्रका लागि गर्वको विषयका रूपमा हेरिएको छ। मननको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई विराटनगरबाट राष्ट्रिय स्तरमा प्रतिभाशाली विद्यार्थी उत्पादन भइरहेको सन्देशसमेत दिएको छ।
शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाले श्रेष्ठको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै उनको सफलताले आगामी पुस्ताका विद्यार्थीलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
मनन श्रेष्ठको यो ऐतिहासिक सफलताले बालकल्याण विद्या मन्दिर (विकेभिएम) कलेजको शैक्षिक उत्कृष्टतालाई थप स्थापित गर्नुका साथै विराटनगरको शैक्षिक पहिचानलाई राष्ट्रिय स्तरमा अझ मजबुत बनाएको छ।