विराटनगरमा फोहोर फाल्नेहरूमाथि सिसिटिभीद्वारा निगरानी, ५४ जना कारबाहीमा

<span class='c1'>विराटनगरमा फोहोर फाल्नेहरूमाथि सिसिटिभीद्वारा</span> <span class='c2'>निगरानी, ५४ जना कारबाहीमा</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजानिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न निगरानीलाई थप कडा बनाएको छ। महानगरपालिकाको सरसफाइ शाखाले शहरका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरी फोहोर व्यवस्थापनको अनुगमन गर्दै आएको जनाएको छ।

सरसफाइ शाखा प्रमुख पूनम दाहालका अनुसार सिसिटिभी निगरानी, जनचेतना र नियमित अनुगमनका कारण जथाभावी फोहोर फाल्ने क्रम पछिल्ला वर्षमा उल्लेखनीय रूपमा घट्दै गएको छ। उनका अनुसार केही वर्षअघि अधिकांश टोलबाट दैनिक दुई ट्र्याक्टरभन्दा बढी फोहोर सडक तथा सार्वजनिक स्थानबाट संकलन गर्नुपर्ने अवस्था थियो। अहिले भने त्यस्तो फोहोरको मात्रा उल्लेखनीय रूपमा घटेको छ। विगतमा धेरै नागरिकले फोहोर व्यवस्थापन सदस्यता कार्ड नलिई जथाभावी फोहोर फाल्ने गरे पनि हाल सदस्यता लिनेको संख्या बढ्दै गएको दाहालले बताए।

महानगरले चालु आर्थिक वर्ष २०८२/८३ मा जथाभावी फोहोर फाल्ने ५४ जनामाथि कारबाही गर्दै १ लाख ६० हजार रुपैयाँ आर्थिक जरिवाना असुल गरेको जनाएको छ। नियम उल्लंघन गर्नेमाथि आगामी दिनमा पनि कडा निगरानी र कारबाहीलाई निरन्तरता दिइने शाखाले जनाएको छ।


हाल विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी तीन संस्थाले सम्हालिरहेका छन्। नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रा।लि। ले वडा नं. १ देखि ५ सम्मका ९ हजार ९ सय ७९ घरधुरी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल ले वडा नं. ६ देखि ११ सम्मका ८ हजार ६ सय १२ घरधुरी, तथा सगरमाथा मल्टी सर्भिस प्रा.लि.ले वडा नं १२ देखि १८ सम्मका ४ हजार ३ सय ८५ घरधुरीमा फोहोर व्यवस्थापन सेवा प्रदान गर्दै आएका छन्।

महानगरपालिकाका अनुसार विराटनगरमा शहरी तथा ग्रामीण क्षेत्र गरी ५६ हजार ९ सय १९ घरधुरी रहेका छन्। तीमध्ये हालसम्म २२ हजार ९ सय ७६ घरधुरीले फोहोर व्यवस्थापन सदस्यता कार्ड लिएका छन्। सदस्यता लिने नागरिकको संख्या बढेसँगै शहरी क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति क्रमशः नियन्त्रणमा आउँदै गएको महानगरको भनाइ छ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ मा महानगरले बेवारिसे ७७२ वटा मृत जनावर तथा मानव शवको व्यवस्थापन गरेको जनाएको छ। व्यवस्थापन गरिएकामध्ये ५६० वटा कुकुर, १७० वटा बिरालो, ४ वटा गाई, ४ वटा सुँगुर, ३० वटा बाख्रा र ४ वटा बेवारिसे मानव शव रहेका छन्। महानगरपालिकाले स्वच्छ, सफा र व्यवस्थित विराटनगर निर्माणका लागि नागरिकलाई तोकिएको स्थानमा मात्रै फोहोर व्यवस्थापन गर्न तथा सदस्यता प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्