विराटनगरमा ग्यास अभाव : साथीकोमा खाना खान बाध्य विद्यार्थी, बजारभर उपभोक्ता मारमा

<span class='c1'>विराटनगरमा ग्यास अभाव : साथीकोमा खाना</span> <span class='c2'>खान बाध्य विद्यार्थी, बजारभर उपभोक्ता मारमा</span>

विराटनगर । विराटनगरमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा यसको प्रत्यक्ष असर विद्यार्थीदेखि होटल व्यवसायी र सर्वसाधारणसम्म परेको छ । ग्यास नपाउँदा डेरामा बस्ने विद्यार्थीहरू साथीको घरमा खाना खान बाध्य भएका छन् भने बजारभर ग्यासका लागि उपभोक्ताले डिलर–डिलर धाउनुपर्ने अवस्था सिर्जना भएको छ । विराटनगरमा डेरा लिएर बस्दै आएका एक कलेजका विद्यार्थी विवेक महतो विगत एक सातादेखि आफ्नै कोठामा खाना पकाउन नसकेर साथीको घरमा खाना खान बाध्य छन्। । उनले चार–पाँच दिनदेखि विभिन्न डिलरमा ग्यास खोजे पनि कतै उपलब्ध नभएको बताए।

मंगलबार राति उनी विराटनगर–रोडशेषस्थित आत्मा टेर्डसमा पुगे, जहाँ कोशी ग्यासको सिलिन्डर वितरण भइरहेको थियो। तर, पहिले नै नाम दर्ता नगरेकाले डिलरले उनलाई ग्यास दिन अस्वीकार गर्यो । अब हामीलाई ग्यास नदिने रे, के गर्ने? एक सातादेखि साथीको घरमा खाना खाइरहेको छु,ू उनले आवर विराटनगरसँग गुनासो गरे । त्यहाँ उपस्थित सञ्चारकर्मीहरुले तत्काल आवश्यक परेका उपभोक्ता, विशेषगरी घरदेखि टाढा डेरामा बस्ने विद्यार्थीलाई प्राथमिकता दिन सुझाव दिएपछि व्यवसायीले अन्ततः महतोलाई एउटा सिलिन्डर उपलब्ध गराए। लामो समयपछि ग्यास पाएपछि उनी निकै खुशी देखिएका थिए। उनका लागि त्यो सिलिन्डर पाउनु युद्ध जिते सरह बनेको थियो। महतो त प्रतिनिधि पात्र मात्र हुन्। । अहिले विराटनगरका अधिकांश घरपरिवार, होटल तथा रेष्टुरेन्टहरू ग्यास अभावको समस्याबाट प्रभावित छन्। यो समस्या विराटनगरमा मात्र सीमित नभई अन्य जिल्लामा पनि देखिन थालेको छ । यता, बजारमा एलपी ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमनलाई तीव्र बनाएको छ। उपभोक्ताबाट लगातार गुनासो आएपछि प्रशासनले सम्बन्धित नियामक निकायसँग समन्वय गरी विराटनगरका ग्यास डिलरहरूमा छड्के अनुगमन गरेको हो। अनुगमनका क्रममा व्यवसायीले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको प्रमाण भने फेला नपरेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासनिक अधिकृत कोविद ढकालका अनुसार प्रारम्भिक अध्ययनले एउटै घरपरिवारले आवश्यकताभन्दा बढी तीनदेखि चारवटासम्म ग्यास सिलिन्डर घरमै सञ्चित गर्ने प्रवृत्तिका कारण बजारमा अभाव देखिएको निष्कर्ष निकालेको छ। यता ग्यास व्यवसायी तेजलाल श्रेष्ठले पछिल्लो समय कोशी ग्यासका उपभोक्ताको संख्या अत्यधिक बढेकाले मागअनुसार आपूर्ति गर्न कठिन भइरहेको बताए। कम्पनीबाट प्राप्त हुने कोटा सीमित हुँदा बजारको माग धान्न चुनौती भएको उनको भनाइ छ। उनले आपूर्ति व्यवस्थापन सुधार गर्ने प्रयास भइरहेको पनि जानकारी दिए । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। साथै कृत्रिम अभाव सिर्जना गर्ने वा नियमविपरीत व्यवसाय सञ्चालन गर्ने जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्