विराटनगरको ईस्टर्न कलेज अफ इन्जिनियरिङद्वारा स्नातक तहमा भर्ना खुला

<span class='c1'>विराटनगरको ईस्टर्न कलेज अफ इन्जिनियरिङद्वारा</span> <span class='c2'>स्नातक तहमा भर्ना खुला</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा नेपाल इन्जिनियरिङ परिषद्बाट स्थायी मान्यता प्राप्त ईस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका लागि स्नातक तहका विभिन्न इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना आह्वान गरेको छ ।

विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मार्गमा रहेको कलेजले विगत २६ वर्षदेखि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ। कलेज प्रशासनका अनुसार यस वर्षदेखि स्नातक तहमा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एन्ड अटोमेसन इन्जिनियरिङका साथै इलेक्ट्रिकल इन्जिनियरिङको नयाँ कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ।

कलेजका प्रिन्सिपल इ.अमित सुरानाका अनुसार ईस्टर्न कलेज अफ इन्जिनियरिङ कोशी प्रदेशकै पहिलो निजी इन्जिनियरिङ कलेजका रूपमा स्थापित भएको हो। कलेजले आईएसओ प्रमाणीकरण समेत प्राप्त गरिसकेको र आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक तथा व्यवहारिक शिक्षामार्फत दक्ष इन्जिनियर उत्पादनमा निरन्तर लागिरहेको उनले बताए ।

नयाँ शैक्षिक सत्रका लागि आवेदन फारम भर्ने प्रक्रिया सुरु भइसकेको जनाउँदै कलेजले इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिई भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्