एलान्यस युवा क्लवद्धारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर,३५२ जनाले लिए सेवा

<span class='c1'>एलान्यस युवा क्लवद्धारा विराटनगरमा निःशुल्क</span> <span class='c2'>स्वास्थ्य शिविर,३५२ जनाले लिए सेवा</span>

विराटनगर । विराटनगर महानगरपालिका–५ मुनालपथस्थित विराट भिक्टोरिया मेमोरियल स्कूल परिसरमा एलान्सय युवा क्लबद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराट मेडिकल टिचिङ हस्पिटलको प्राविधीक सहयोगमा बिहीबार भएको शिविरमा कुल ३५२ जनाले सामान्य स्वास्थ्य परीक्षण, आँखा, दन्त तथा नाक–कान–घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य सेवा तथा विशेषज्ञ परामर्श प्राप्त गरेको क्लवका सस्थापक अध्यक्ष विपुल चौधरीले जानकारी दिए ।

शिविरमा विद्यार्थी तथा स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न क्षेत्रका स्वास्थ्यकर्मी तथा विशेषज्ञ चिकित्सकको सहभागिता रहेको थियो। क्लवले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व तथा स्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै समुदायको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्