जीवन विकास सामुदायिक अस्पतालमा बालबालिकाको ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु

<span class='c1'>जीवन विकास सामुदायिक अस्पतालमा बालबालिकाको</span> <span class='c2'>ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु</span>

विराटनगर । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनले बालबालिकाका लागि अत्याधुनिक ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु गरेको छ। सेवाअन्तर्गत पहिलोपटक १० वर्षीय बालकको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

बराहक्षेत्र नगरपालिका–५ निवासी १० वर्षीय राहुल ऋषिदेवलाई पेट दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने तथा खान मन नलाग्ने समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। आवश्यक स्वास्थ्य परीक्षणपछि एपेन्डिसाइटिस पुष्टि भएपछि डा। बिनित कुमार यादव नेतृत्वको विशेषज्ञ टोलीले अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट सफल शल्यक्रिया गरेको हो।

शल्यक्रियापछि राहुलको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको र चिकित्सकीय निगरानीपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ। उपचारपछि स्वस्थ भएर घर फर्किन पाएकोमा राहुलले खुसी व्यक्त गरेका छन्।

चिकित्सकका अनुसार परम्परागत खुला शल्यक्रियाको तुलनामा ल्याप्रोस्कोपिक प्रविधिबाट घाउ सानो हुने, दुखाइ कम हुने, संक्रमणको जोखिम न्यून रहने, बिरामी छिट्टै निको हुने तथा अधिकांश अवस्थामा शल्यक्रियाको भोलिपल्ट नै चिकित्सकको सल्लाहअनुसार घर फर्किन सकिने सुविधा रहेको छ।

अस्पताल प्रशासनले आकस्मिक शल्यचिकित्सा सेवा २४सै घण्टा उपलब्ध रहने जनाएको छ। साथै, गुणस्तरीय, सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित विशेषज्ञ सेवा तथा आधुनिक उपचार प्रविधिको विस्तारलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्