विराटनगर ३ मानगढको ३२ औँ रथयात्रा निकालिदै , सहभागी हुन भक्तजनलाई आह्वान

<span class='c1'>विराटनगर ३ मानगढको ३२ औँ रथयात्रा</span> <span class='c2'>निकालिदै , सहभागी हुन भक्तजनलाई आह्वान</span>

विराटनगर। विराटनगर–३ मानगढस्थित श्री राधाकृष्ण मन्दिरले भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्दै आएको ३२औँ रथयात्रा यस वर्ष पनि भव्य र आकर्षक रूपमा सम्पन्न गर्ने तयारी गरेको छ । रथयात्रा मूल समारोह समिति–२०८३ ले आगामी भदौ २० गते विहान ७ : ३० बजे निकालिने तयारी गरेको छ । यसका लागि आयोजकले रथयात्रामा सहभागी हुन सम्पुर्ण भत्तजनहरुलाई आग्रह गरेको छ ।

समितिका अनुसार मन्दिर स्थापना कालदेखि नै भगवान श्रीकृष्णको जन्मोत्सवको अवसरमा चतुर्मास पुराण, झुलन महोत्सव, अखण्ड हरिनाम संकीर्तन, श्रीकृष्ण जन्मोत्सव, रथयात्रा, नियमित भण्डारा, श्रीराम जन्मोत्सवलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएका छन् ।

यस वर्ष पनि अघिल्ला वर्षझैँ १३ फिट लम्बाइ, ९ फिट चौडाइ र करिब २० फिट उचाइको तीन तह भएको विशेष रथमा श्री राधासर्वेश्वर युगल विग्रहलाई विराजमान गराई नगर परिक्रमा गराइने आयोजकले जनाएको छ । रथयात्राका क्रममा भगवान भक्तजनका घर–घर पुग्ने धार्मिक विश्वास रहेकाले श्रद्धा र भक्तिभावका साथ रथको डोरी तानेर सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।
आयोजकका अनुसार रथयात्रामा सहभागी भई भगवानको पूजा, आरती तथा सेवा गर्दा धार्मिक पुण्य प्राप्त हुने विश्वास रहेको छ । साथै इच्छुक भक्तजनलाई रथयात्राका क्रममा शीतल जल, फलफूल तथा प्रसाद वितरण गरी सेवामा सहभागी हुन पनि आग्रह गरिएको छ ।

रथयात्रा मूल समारोह समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार—
यस्तो छ कार्य तालिका :-

भदौ १२ गते बिहान ऋषितर्पणी तथा रक्षा बन्धन (जनै परिवर्तन) कार्यक्रम हुनेछ।
भदौ १३ देखि १८ गतेसम्म प्रत्येक साँझ झुलन महोत्सव तथा विभिन्न कलाकारद्वारा भजन–कीर्तन आयोजना गरिनेछ।
भदौ १८ गते दिउँसो ४ बजे रथयात्रा मार्गमा विशाल मोटरसाइकल र्‍याली निकालिनेछ।
भदौ १९ गते बिहानदेखि विभिन्न पूजन, ध्वजारोहण, औपचारिक कार्यक्रम तथा रातिसम्म अखण्ड हरिनाम संकीर्तन हुनेछ। राति ११ बजेदेखि श्रीकृष्ण जन्मोत्सव तथा महाअभिषेक गरिनेछ।

भदौ २० गते बिहान देवपूजन तथा रथपूजनपछि बिहान ७ः३० बजेदेखि भव्य रथयात्रा सुरु हुनेछ।
सोही दिन दिउँसो १२ बजेदेखि विशाल भण्डारा तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्