लेटाङ इलाका प्रहरी कार्यालयमा ‘आफ्नो शारीरिक अवस्था जान्नुहोस्’ कार्यक्रम सुरु

<span class='c1'>लेटाङ इलाका प्रहरी कार्यालयमा ‘आफ्नो</span> <span class='c2'>शारीरिक अवस्था जान्नुहोस्’ कार्यक्रम सुरु</span>

सोनु साह
विराटनगर । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयले स्वस्थ प्रहरी, सुरक्षित समाज’ भन्ने उद्देश्यका साथ ‘“आफ्नो शारीरिक अवस्था जान्नुहोस्”’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको उचाइ र तौल मापन गरी शरीरको तौल सूचकांक परीक्षण गरिएको छ।


विएमआई मार्फत व्यक्तिको उचाइअनुसार तौलको अवस्था मापन गरिन्छ। विएमआई परीक्षणसँगै प्रत्येक प्रहरी कर्मचारीलाई आफ्नो विएमआई अवस्थाबारे जानकारी दिइएको छ। साथै, स्वस्थ जीवनशैली, सन्तुलित खानपान तथा नियमित शारीरिक व्यायामको महत्वबारे जानकारी दिँदै आवश्यक सुझावसमेत प्रदान गरिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख प्रहरी निरीक्षक सागर साहले “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वस्थ प्रहरी नै प्रभावकारी रूपमा नागरिकको सेवामा समर्पित हुन सक्छ” भन्ने सन्देश दिएका थिए। कार्यक्रमलाई निरन्तर र प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीले हरेक महिना अनिवार्य रूपमा विएमआई परीक्षण गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। यसै अवसरमा कार्यालय परिसरमा डिजिटल तौल मापन यन्त्र, व्यायाम क्षेत्र तथा शारीरिक व्यायाम गर्ने क्षेत्र समेत निर्माण गरी औपचारिक रूपमा प्रयोगमा ल्याइएको छ।


कार्यालयले प्रहरी कर्मचारीको शारीरिक स्वास्थ्य र कार्यक्षमता अभिवृद्धि गर्दै स्वस्थ प्रहरीमार्फत नागरिकलाई थप प्रभावकारी सुरक्षा सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्