विश्व आदिवासी दिवसमा मुख्यमन्त्री कार्कीको शुभकामना

<span class='c1'>विश्व आदिवासी दिवसमा</span> <span class='c2'>मुख्यमन्त्री कार्कीको शुभकामना</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, संस्कार, परम्परा, कला, साहित्य र मौलिक पहिचानको संरक्षणमा जोड दिएका छन्।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले समृद्ध रहेको उल्लेख गरेका छन्। सदियौँदेखि विभिन्न आदिवासी जनजाति समुदायले आफ्ना मौलिक भाषा, संस्कृति, संस्कार, परम्परा, कला, साहित्य र जीवनशैलीको संरक्षण गर्दै नेपालको सामाजिक तथा सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय, समावेशिता तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीले बताएका छन्। प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने सबै जातजाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, संरक्षण, संवर्द्धन र विकासका लागि विभिन्न नीति, कार्यक्रम तथा योजनामार्फत निरन्तर काम गर्दै आएको सन्देशमा उल्लेख छ।

उनले प्रदेशको विविधतालाई शक्ति र सम्पत्तिका रूपमा स्वीकार गर्दै सबै समुदायको समान सहभागिता, सम्मान र अवसर सुनिश्चित गर्नु साझा दायित्व भएको बताएका छन्। आदिवासी जनजातिका मौलिक ज्ञान, सीप, कला, भाषा, संस्कृति तथा परम्परागत अभ्यासको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सके सांस्कृतिक सम्पदा अझ जीवन्त र समृद्ध बन्ने मुख्यमन्त्री कार्कीको भनाइ छ।

विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति र मौलिकताको संरक्षण तथा प्रवर्द्धनका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले विविधताबीच एकता, पारस्परिक सम्मान, सहअस्तित्व र सामाजिक सद्भावलाई थप मजबुत बनाउन दिवसले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

अन्त्यमा उनले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, कला, ज्ञान र मौलिक पहिचानको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्