विराटनगर जुनियर जेसिजद्वारा ‘श्रावण शीतल सेवा’ सम्पन्न

<span class='c1'>विराटनगर जुनियर जेसिजद्वारा ‘श्रावण</span> <span class='c2'>शीतल सेवा’ सम्पन्न</span>

विराटनगर । पवित्र श्रावण महिनाको सोमबारको अवसर पारेर विराटनगर जुनियर जेसिजले सामाजिक सेवा र मानवताको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘श्रावण शीतल सेवा’ कार्यक्रम सम्पन्न भएको छ।

२०८३ साल श्रावण २५ गते सोमबार विराटनगर–१ स्थित परोपकार–परमार्थ आरती सेवा स्थलमा आयोजित कार्यक्रममा सिंघिया आरतीमा सहभागी भक्तजन तथा सर्वसाधारणलाई शीतल मोही वितरण गरिएको थियो। सेवाभाव, समर्पण र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा परोपकार–परमार्थ आरती सेवा समितिका अध्यक्ष शंकर खरेल, वरिष्ठ उपाध्यक्ष नवराज काफ्ले, उपाध्यक्ष सीमा तिवारी तथा संरक्षक राजन न्यौपानेको विशेष उपस्थिति रहेको थियो। उहाहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण र अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ। धार्मिक तथा सामाजिक अवसरलाई सेवामूलक गतिविधिसँग जोड्दै समुदायमा सहयोग, सद्भाव र मानवताको भावना विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विराटनगर जुनियर जेसिजले जनाएको छ। भक्तजन तथा सर्वसाधारणलाई शीतल मोही वितरण गर्दै आयोजकले सेवा र सहयोग नै मानवताको महत्वपूर्ण आधार भएको सन्देश दिएको थियो।

कार्यक्रमलाई सफल बनाउन विराटनगर जुनियर जेसिजका पूर्व अध्यक्षहरूको समेत महत्वपूर्ण सहयोग रहेको थियो। पूर्व अध्यक्षहरूको निरन्तर साथ, मार्गदर्शन र सहयोगले सामाजिक सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेलेको आयोजकको भनाइ छ। ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल भावनाका साथ सम्पन्न कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्व, आपसी सद्भाव र सेवाभाव अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ। विराटनगर जुनियर जेसिजले आगामी दिनमा पनि समुदायको आवश्यकता र हितलाई केन्द्रमा राख्दै विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्