कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिए

<span class='c1'>कोशी प्रदेश सरकारबाट</span> <span class='c2'>कांग्रेसका मन्त्रीहरू बाहिरिए</span>

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी भएका चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार सामूहिक राजीनामा दिएका छन् । हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको अन्तिम मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

बुधबार दिउँसो साढे ३ बजे बसेको मन्त्रिपरिषद् बैठकपछि कांग्रेसबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले राजीनामा दिएका हुन् । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङले पनि राजीनामा दिएकी छन् ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार २०८१ भदौ २८ गते कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको थियो । त्यसपछि दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा २०८२ पुस २२ गते उनीहरू पुनः मन्त्री नियुक्त भएका थिए । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धनका लागि साउन दोस्रो साता तीनबुँदे सहमति भएपछि कांग्रेसले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोशी प्रदेश सरकारमा कांग्रेसको सहभागिता औपचारिक रूपमा अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्