विराटनगरमा पनि आईपुग्यो टीभीएसको अर्बिटर इलेक्ट्रिक स्कुटर

<span class='c1'>विराटनगरमा पनि आईपुग्यो टीभीएसको</span> <span class='c2'>अर्बिटर इलेक्ट्रिक स्कुटर</span>

विराटनगर । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विराटनगरमा ‘टीभीएस अर्बिटर’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीका आधिकारिक बिक्रेता पाश्र्वनाथ डेभलपर्सका प्रबन्ध निर्देशक प्रशान्त तातेड र जगदम्बा मोटर्सका रिजनल म्यानेजर अर्जुन खनालले बुधबार एक कार्यक्रमकाबीच उक्त स्कुटर सार्वजनिक गरेका हुन् ।

शहरी यात्रालाई दिगो र प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको यस स्कुटरले १२५ किलोमिटरको रेन्ज दिने जनाइएको छ । बिक्रेताका अनुसार १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको यस स्कुटरमा ३४ लिटरको विशाल बुट स्पेस, ८४५ मिमी लामो सिट, १६० मिमी ग्राउन्ड क्लियरेन्स र क्रुज कन्ट्रोल जस्ता विशेषताहरू छन् ।

 

साथै हिल होल्ड असिस्ट, मोबाइल एप कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन, चोरी र दुर्घटना अलर्ट जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू पनि यसमा समावेश रहेका बिक्रेतले जनाएको छ । नेपाली बजारमा तीन रङमा उपलब्ध यस स्कुटरको २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्