विराटनगर । मापदण्ड पालना नगरी सञ्चालनमा रहेका विराटनगरका सात वटा निजी आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा प्रशासनले शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र स्वास्थ्य मन्त्रालय कोशी प्रदेशद्धारा गरिएको अनुगमनको क्रममा प्रचलित कानुनी व्यावस्था तथा आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि शिलबन्दी गरिएको हो ।
शिलबन्दी गरिएका स्वास्थ्य संस्थाहरूमा विराटनगर १४ मा रहेको विराट आँखा अस्पताल , विराटनगर १५ मा रहेको इफराह आँखा अस्पताल , विराटनगर १० मा रहेको संजिवनी आइ केयर , विराटनगर १३ मा रहेको हिमाल आँखा अस्पताल, विराटनगर ९ मा रहेको विराट रानी आँखा अस्पताल, विराटनगर १५ मा रहेको अखण्ड ज्योती आँखा अस्पताल प्रा.लि, त्यसैगरी विराटनगर १३ मा रहेको नेपाल आँखा अस्पताल प्रा.लि रहेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोईरालाले जानकारी दिए । कानुनी मापदण्ड पूरा नगरी विशेषज्ञ प्रकृतिको स्वास्थ्य सेवा सञ्चालन भइरहेको पाइएपछि सम्बन्धित निकायले ती स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो।