विराट हेल्थ केयरद्वारा महिला प्रहरीलाई भेन्डिङ मेसिन र सेनेटरी प्याड हस्तान्तरण

<span class='c1'>विराट हेल्थ केयरद्वारा महिला प्रहरीलाई भेन्डिङ</span> <span class='c2'>मेसिन र सेनेटरी प्याड हस्तान्तरण</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१२ मा रहेको विराट हेल्थ केयर इन्डस्ट्रिजले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत महिला प्रहरी कर्मचारीका लागि महिनावारी स्वच्छता व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ।

संस्थाले कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीको सहजता तथा महिनावारी स्वच्छता व्यवस्थापनका लागि भेन्डिङ मेसिन र सेनेटरी प्याड हस्तान्तरण गरेको हो। साउन २८ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राङ्गणमा आयोजित कार्यक्रममा विराट हेल्थ केयर इन्डस्ट्रिजले उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।

कार्यालयमा भेन्डिङ मेसिन जडान भएपछि आवश्यक परेको समयमा महिला प्रहरी कर्मचारीले सहज रूपमा स्वच्छ र सुरक्षित सेनेटरी प्याड प्राप्त गरी प्रयोग गर्न सक्नेछन्। यसबाट कार्यस्थलमा महिनावारी स्वच्छता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी ड्युटीमा रहेका बेला अचानक महिनावारी हुँदा आवश्यक सामग्रीको अभावका कारण काममा बाधा नपुगोस् भन्ने उद्देश्यले मेसिन जडान गरिएको हो। यसले महिला प्रहरी कर्मचारीलाई सहज तथा आत्मविश्वासका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न सहयोग पुग्ने बताइएको छ।

महिनावारीका समयमा आवश्यक स्वच्छता सामग्री सहज रूपमा उपलब्ध हुँदा महिला प्रहरी कर्मचारीको कार्यक्षमता र कार्यस्थलमा सहजता कायम राख्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। संस्थाले महिला स्वास्थ्य तथा स्वच्छता प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्