विराटनगरको ५९ औँ राधाकृष्ण रथयात्राका लागि प्रधानमन्त्री बालेन्द्र साहलाई भोलि निम्तो पठाइँदै

<span class='c1'>विराटनगरको ५९ औँ राधाकृष्ण रथयात्राका लागि</span> <span class='c2'>प्रधानमन्त्री बालेन्द्र साहलाई भोलि निम्तो पठाइँदै</span>

सोनु साह
विराटनगर । विश्वकै ऐतिहासिक रथयात्रामध्ये एक मानिने विराटनगरको प्रसिद्ध राधाकृष्ण रथयात्रा यसवर्ष पनि भव्य र उत्साहका साथ आयोजना गर्ने तयारी भइरहेको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते निकालिने भएको हो।

यस वर्ष भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी परेको छ। जन्माष्टमीको भोलिपल्ट भदौ २० गते विराटनगरमा ५९औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

रथयात्रामा देशका विशिष्ट व्यक्तित्व, साधुसन्त तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गर्ने तयारी गरिएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार यस वर्ष प्रधानमन्त्री बालेन्द्र साह ९बालेन० लाई रथयात्रामा सहभागी हुन निम्तो दिने समितिले निर्णय गरेको छ।

अध्यक्ष रेग्मीले प्रधानमन्त्रीको सचिवालयसँग बिहीबार कुराकानी भइसकेको र औपचारिक निमन्त्रणापत्र शुक्रबार पठाउने तयारी रहेको बताए। प्रधानमन्त्री रथयात्रामा सहभागी भए विराटनगरवासी तथा रथयात्राको शोभा अझ बढ्ने उनको भनाइ छ।

यस वर्ष विदेशी अतिथिहरूलाई आमन्त्रण गर्ने विषयमा भने हालसम्म कुनै छलफल नभएको अध्यक्ष रेग्मीले बताए। “यसपटक हाम्रो प्रमुख आकर्षण प्रधानमन्त्रीज्यूलाई बनाउने तयारी हो, त्यसैले अन्य विदेशी अतिथिका विषयमा सोचिएको छैन,” उनले भने।

त्यसैगरी संघीय पर्यटनमन्त्रीसहित संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई समेत निमन्त्रणापत्र पठाउने तयारी भइरहेको उनले जानकारी दिए। मोरङका ६ वटै निर्वाचन क्षेत्रका सांसद तथा कोशी प्रदेशका मुख्यमन्त्रीलाई समेत निमन्त्रणापत्र पठाईएन अध्यक्ष रेग्मीले बताए।

समितिका अनुसार यस वर्षको रथयात्रा विगतका वर्षभन्दा अझ व्यवस्थित, भव्य र उत्साहपूर्ण बनाउने तयारी भइरहेको छ। विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रामा हरेक वर्ष ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारणको सहभागिता हुँदै आएको छ। यस वर्षको ५९औँ रथयात्रालाई भव्य बनाउन विभिन्न तयारी तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्