विराटनगर किंग्सको मुख्य प्रायोजकमा ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंक

<span class='c1'>विराटनगर किंग्सको मुख्य प्रायोजकमा</span> <span class='c2'>‘एक्स्ट्रिम’ इनर्जी ड्रिंक</span>

सोनु साह
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुँदै आएको विराटनगर किंग्सले लोकप्रिय नेपाली इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’सँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।

‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ एनपीएलमा सहभागी विराटनगर किंग्सले पछिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

विराटनगर किंग्स र ‘एक्स्ट्रिम’बीच शुक्रबार मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने सम्बन्धमा औपचारिक सम्झौता भएको हो। सम्झौताअनुसार ‘एक्स्ट्रिम’ विराटनगर किंग्सको मुख्य प्रायोजकका रूपमा रहनेछ। टिमको जर्सीलगायत विभिन्न प्रमुख स्थानमा ‘एक्स्ट्रिम’ ब्रान्डको उपस्थिति रहने जनाइएको छ।


सम्झौता कार्यक्रममा विराटनगर किंग्सका निर्देशक पारस लुनियाले विदेशी उत्पादनभन्दा स्वदेशी उत्पादनसँग सहकार्य गरेर अघि बढ्न पाउँदा आफूलाई खुसी लागेको बताए। नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

लुनियाले ‘एक्स्ट्रिम’लाई विराटनगर किंग्सको यात्रामा साथ र सहकार्य गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाली उत्पादन र नेपाली खेलकुदबीचको सहकार्यलाई अझ मजबुत बनाउन आग्रह गरे।

यस सहकार्यले विराटनगर किंग्सको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विश्वास गरिएको छ। साथै, नेपाली क्रिकेटको प्रवर्द्धन तथा टिमको आगामी प्रदर्शनमा ‘एक्स्ट्रिम’को निरन्तर साथ र सहकार्य रहने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्