विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड ‘हिकभिजन’ले कोशी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । मोरङको बिराटचोकमा रहेको होटल नेपलरिकामा साउन ३१ गते आयोजना हुने एक्सपोको तयारी पुरा भएको हो ।
हिकभिजनले हाल परम्परागत सुरक्षा प्रणालीमा मात्र सीमित नभई आर्टिफिसियल इन्टेलिजेन्स सहितको अत्याधुनिक सुरक्षा प्रविधिको क्षेत्रमा काम गरिरहेको छ ।


हिकभिजनका लागि नेपालको आधिकारिक वितरक म्याक्सिमा मल्टी नेशनल ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रमोद अधिकारीका अनुसार एक्सपोमा हिकभिजनका पछिल्ला र नवीनतम आविष्कार प्रदर्शनमा राखिनेछन् ।


हिकभिजन नेपालका च्यानल सेल्स म्यानेजर दिवस भट्टराईले एक्स्पोमा दैनिक जीवन र व्यवसायमा उपयोगी हुने नवीनतम प्रविधिहरूका बारेमा सर्वसाधारण र सरोकारवालाहरूलाई साक्षर गराइने जानकारी दिए ।
एक्सपोको व्यवस्थापन विराटनगरका लागि एल्पपाइन टेक्नोलोजीज, इटहरीका लागि प्यारागन आइटी सोलुसन, दमकका लागि आरएस कम्युटर र विर्तामोडका लागि तेजस्वी कम्युटर सपोर्टले गरेका छन ।