सातौँ बीबीए कप बास्केटबल: लिग चरणमा अरनिको, बीकेभीएम र एभरेस्टको शानदार जित

<span class='c1'>सातौँ बीबीए कप बास्केटबल: लिग चरणमा</span> <span class='c2'>अरनिको, बीकेभीएम र एभरेस्टको शानदार जित</span>

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत दोस्रोदेखि सातौँ म्याचसम्मका प्रतिस्पर्धा सम्पन्न भएका छन्। लिग चरण अन्तर्गत छात्र तथा छात्रा दुवै विधामा सञ्चालित यी प्रतिस्पर्धामा विभिन्न विद्यालयका टोलीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका छन्।

छात्रतर्फको दोस्रो म्याचमा अरनिको स्कुलले सेन्ट जोसेफ स्कुललाई ६८–४१ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गर्यो। अरनिकोको जितमा उत्कृष्ट प्रदर्शन गरेका अक्सार कार्की म्यान अफ दि म्याच घोषित भए।

यस्तै, छात्रातर्फको तेस्रो म्याचमा एरागन स्कुलले शिक्षादीप स्कुललाई १७–९ अङ्कले पाखा लगाउँदै जित दर्ता गर्यो। सो खेलको प्लेयर अफ दि म्याच गरेकी एरागनकी रोनिसा ओडारी भइन्।

छात्रतर्फको चौथो म्याचमा बीकेभीएम (BKVM) ले कोबास (COBASS) स्कुलमाथि ९६–२ अङ्कको अत्यन्तै फराकिलो र एकपक्षीय जित हासिल गर्यो। बीकेभीएमका गेन्डा साह प्लेयर अफ दि म्याच चुनिए।

यसै गरी, छात्रातर्फको पाँचौँ म्याचमा एभरेस्ट स्कुलले शिक्षादीप स्कुललाई १२–६ अङ्कले पराजित गर्यो। रक्षात्मक रणनीति सफल पारेको एभरेस्टको जितमा अंशिका लाभ प्लेयर अफ दि म्याच घोषित भइन्।

छात्रतर्फको छैटौँ म्याचमा बीकेभीएमले आफ्नो उत्कृष्ट लय कायम राख्दै कोबास स्कुललाई १०७–२९ को भारी अन्तरले पराजित गर्यो। बीकेभीएमका ऋषि शाहले टोलीलाई जित दिलाउन निर्णायक भूमिका खेल्दै प्लेयर अफ दि म्याचको उपाधि हात पारे।

प्रतियोगिताको सातौँ म्याचमा छात्रतर्फ अरनिको स्कुलले शिक्षादीप स्कुलमाथि ९५–३६ अङ्कको फराकिलो जित दर्ता गर्यो। यद्यपि, पराजित टोलीका तर्फबाट जुझारु खेल प्रदर्शन गरेका शिक्षादीपका सुजन कार्की प्लेयर अफ दि म्याच घोषित भए।

अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घ (FIBA) को नियम अनुसार 'होम एन्ड अवे' ढाँचामा सञ्चालन भइरहेको यस लिगमा आगामी दिनमा बाँकी लिग चरणका रोमान्चक प्रतिस्पर्धा आयोजना हुने आयोजक विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्