अन्तरविद्यालय हिज्जे प्रतियोगितामा दिल्ली पब्लिक स्कुल विराटनगर प्रथम

<span class='c1'>अन्तरविद्यालय हिज्जे प्रतियोगितामा दिल्ली</span> <span class='c2'>पब्लिक स्कुल विराटनगर प्रथम</span>

विराटनगर,  प्याब्सन विराटनगर महानगर समितिद्वारा आयोजित अन्तरविद्यालयस्तरीय हिज्जे प्रतियोगितामा दिल्ली पब्लिक स्कुल, विराटनगरले प्रथम स्थान हासिल गरेको छ।

विराटनगरका ३७ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा दिल्ली पब्लिक स्कुलका प्राथमिक तहका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक अंकका साथ प्रथम स्थान प्राप्त गर्न सफल भएका हुन्।

विद्यालयको प्रतिनिधित्व गर्दै कक्षा ५ ‘बी’ का प्रसिद्ध न्यौपाने र दियांश शाह, कक्षा ४ ‘ए’ की इभान्शी लायक तथा कक्षा ३ ‘ए’ की नव्या बाहेतीले प्रतियोगितामा सहभागिता जनाएका थिए। उनीहरूले आफ्नो उत्कृष्ट हिज्जे क्षमता, आत्मविश्वास, एकाग्रता तथा सामूहिक प्रस्तुतिमार्फत विद्यालयलाई गौरवान्वित बनाएका छन्।

यस उपलब्धिसँगै दिल्ली पब्लिक स्कुल, विराटनगरको टोली जिल्लास्तरीय हिज्जे प्रतियोगिता–२०८३ का लागि छनोट भएको छ। ३७ विद्यालयबीच सर्वाधिक अंक हासिल गर्दै जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट हुनु विद्यालयका लागि महत्वपूर्ण उपलब्धि भएको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको सफलतामा मार्गदर्शन गर्ने शिक्षक–शिक्षिका तथा निरन्तर सहयोग र हौसला प्रदान गर्ने अभिभावकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

विद्यालयले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै उनीहरूको भाषिक दक्षता, आत्मविश्वास, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न विभिन्न अतिरिक्त तथा सह–शैक्षिक गतिविधिमा नियमित सहभागिता गराउँदै आएको छ।

विद्यालयले चारै जना विद्यार्थीलाई आगामी जिल्लास्तरीय हिज्जे प्रतियोगिता–२०८३ मा अझ उत्कृष्ट प्रदर्शन गर्दै थप सफलता हासिल गर्न शुभकामना दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्