सातौँ बीबीए कप बास्केटबल: एभरेस्ट र अरनिको विजयी, आज दुई खेल हुँदै

<span class='c1'>सातौँ बीबीए कप बास्केटबल: एभरेस्ट र</span> <span class='c2'>अरनिको विजयी, आज दुई खेल हुँदै</span>

विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भइरहेको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत सम्पन्न लिग चरणका खेलहरूमा छात्रतर्फ एभरेस्ट स्कुल र छात्रातर्फ अरनिको स्कुल विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत आठौँ र नवौँ म्याचका रूपमा सम्पन्न यी प्रतिस्पर्धामा टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै लिग तालिकामा महत्त्वपूर्ण अङ्क जोड्न सफल भएका हुन्।

आठौँ म्याचका रूपमा सम्पन्न छात्रतर्फको खेल अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। एभरेस्ट स्कुल र सेन्ट जोसेफ स्कुलबिच भएको उक्त खेलमा एभरेस्ट स्कुलले सेन्ट जोसेफ स्कुललाई ५२–४९ को झिनो ३ अङ्कको अन्तरले पराजित गर्दै जित दर्ता गर्‍यो। अन्तिम समयसम्म नै निकै तनावपूर्ण र बराबरीको स्थितिमा अगाडि बढेको खेललाई एभरेस्टले अन्तिम क्षणमा आफ्नो पक्षमा पार्न सफल भएको थियो। एभरेस्टको जितमा व्यक्तिगत १४ अङ्कको महत्त्वपूर्ण योगदान दिँदै उत्कृष्ट प्रदर्शन गरेका मन्नत वर्मा खेलको 'म्यान अफ दि म्याच' घोषित भए।

यसै गरी, नवौँ म्याचका रूपमा सम्पन्न छात्रातर्फको अर्को खेलमा अरनिको स्कुलले सहज जित हासिल गरेको छ। अरनिको स्कुलले एभरेस्ट स्कुललाई ३०–११ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो उपस्थिति जनाएको छ। सुरुवाती चरणदेखि नै आक्रामक र रक्षात्मक दुवै क्षेत्रमा उत्कृष्ट समन्वय देखाएको अरनिकोका सामु एभरेस्टका खेलाडीहरूले खासै चुनौती पेस गर्न सकेनन्। अरनिको स्कुलका लागि व्यक्तिगत २० अङ्क जोड्दै टोलीको जितमा मुख्य भूमिका खेलेकी नोभा ओझा खेलकी 'वुमन अफ दि म्याच' घोषित भइन्।

प्रतियोगिताअन्तर्गत आज पनि दुई रोमाञ्चक खेलहरू सञ्चालन हुँदै छन्। आजको पहिलो खेल छात्रतर्फ दिल्ली पब्लिक स्कुल (डीपीएस) र सगरमाथा स्कुलबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल छात्रातर्फ सेन्ट जोसेफ स्कुल र सगरमाथा स्कुलबिच सञ्चालन हुने आयोजकले जनाएको छ। दुवै खेलमा जित निकालेर लिग तालिकामा अगाडि बढ्ने दाउमा टोलीहरू मैदान उत्रने भएकाले आजका प्रतिस्पर्धा थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्