प्रशासन पुगेपछि भित्रबाट ताला लगाएर नाराबाजीमा मोरङ कारागार विराटनगरका कैदीबन्दी

<span class='c1'>प्रशासन पुगेपछि भित्रबाट ताला लगाएर</span> <span class='c2'>नाराबाजीमा मोरङ कारागार विराटनगरका कैदीबन्दी</span>

विराटनगर । नियमित निरीक्षणका क्रममा जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेपछि सोमबार बिहान मोरङ कारागार विराटनगरका कैदीबन्दीले भित्रबाटै ताला लगाएर प्रवेश निषेध गरेका छन् । प्रमुख जिल्ला अधिकारी मातहत हुने जिल्ला कारागारको निरीक्षण नियमित नै हुने गर्दछ । प्रशासनको नियमित कार्य अन्तर्गत पर्ने भएपनि सोमबार भने कैदीबन्दीले फरक तरिका अपनाएका हुन् ।

त्यसले विराटनगरस्थित मोरङ कारागार सोमबार बिहानैदेखि अशान्त बनेको छ। कारागारको बी ब्लकमा ५६६ कैदीबन्दी रहेका छन् । मोरङ कारागारा विराटनगरका जेलर राजन घिमिरेका अनुसार अहिले यहि ‘बी’ ब्लकका कैदीबन्दीले छतबाट नाराबाजी गरिरहेका हुन् । स्थानीय प्रशासनले त्यहाँ बल प्रयोग गरेर भित्र प्रवेश गर्ने अवस्था नहुँदा बाहिरी परिसरमा सुरक्षा बढाएर फर्किएको छ ।

कारागारको ‘बी’ ब्लकमा नाइकेसहितका कैदीबन्दी रहेका छन् । खानतलासी गर्न खोजेको यो ब्लकका कैदीबन्दीले आरोप लगाएका छन् । तर, भित्र प्रवेश गर्नु अगावै ताला लगाएर उनीहरुले प्रशासनलाई चेतावनी दिएका थिए । जेलर घिमिरेका अनुसार बल प्रयोग गरेर भित्र प्रवेश गरेमा जे पनि हुनसक्ने चेतावनी दिएका थिए । त्यसपछि प्रशासनले निरीक्षण गर्न सकेन । यो नितान्त नियमित कार्य हो तर यस पटक भने यसलाई गिजोलिएको घिमिरेको भनाई छ ।

कारागारमा नाइके, भाइनाइके तथा लेसनाइकेको प्रावधान हटाउन गृहमन्त्रीको योजना रहेको छ । त्यो अनुसार अब त्यहाँ भित्रबाट केहि व्यक्तिहरुलाई स्थान्तरण गर्ने समेत योजना रहेको छ । तर, कारागारमै बसेर बाहिरका मान्छेसँग साँठगाँठ गर्दै आएकाहरुले सोमबार समेत यो घटनालाई उचालेको प्रहरीले अनुमान गरेको छ । बाहिरका व्यक्ति भनेका अभिषेक गिरीलाई प्रहरीले इंगित गरेको छ । गिरी बाहिर वा भित्र जहाँ भएपनि आफ्नो दुहुनो बनाएर अकुत सम्पति आर्जन गर्ने माध्यम कारागारलाई बनाउँदै आएको आरोपमा असार १३ मा पक्राउ परेका थिए । अहिले उनी छुटेर आएपछि उनैले कारागार भाँडभैलो मच्चाउने थलोको रुपमा प्रयोग गरेको अनुमान गरिएको छ ।

गृहमन्त्रालय मातहत रहने जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुख सिडीओ तथा एसपी बिरुद्ध मुर्दावादको नारा कैदीबन्दीले लगाइरहेका छन् । तर प्रधानमन्त्री र गृहमन्त्रीलाई भने जिन्दावाद भनिरहेका छन् । मोरङका प्रहरी प्रमुख कबित कटुवालले कारागारमा नियमित अनुगमन अन्तर्गत पुग्दा पहिल्यै उनीहरुले अवरोध सिर्जना गरेको बताएका छन् । उनका अनुसार नियमित कार्यमा अवरोध गरेपछि प्रशासनले नयाँ रणनीति बुनेर काम गर्नेछ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रहरी प्रमुख एसपी कटुवालसहित जिल्ला सुरक्षा समितिको टोलीको निरीक्षणमा पुग्दा अवरोध भएपछि अहिले सुरक्षाकर्मी थपेर तैनाथ गरिएको छ ।

अहिले कारागार बाहिरी परिसरमा समेत केहि व्यक्तिहरुको उपस्थितिमा हुलहुज्जत गर्ने गरी कारागारको बाहिरी गेटमा लात्ती बजार्ने काम समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्