विराटनगरमा सवारी दुर्घटना न्यूनीकरण गर्न कोशी राजमार्गका क्रस–इन्टरसेक्सन बन्द गरिँदै

<span class='c1'>विराटनगरमा सवारी दुर्घटना न्यूनीकरण गर्न</span> <span class='c2'>कोशी राजमार्गका क्रस–इन्टरसेक्सन बन्द गरिँदै</span>

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर रोडशेष चौकदेखी बरगाछी सम्मका अनावश्यक ‘क्रस–इन्टरसेक्सन’ बन्द गरिएको छ । सडक डिभिजन कार्यलय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गरी पहिलो चरणमा रोडशेष चोकदेखि बरगाछीसम्म ११ स्थानको क्रस–इन्टरसेक्सन बन्द गरिएको छ । बन्द गरिएका ‘क्रस–इन्टरसेक्सनमा प्लाष्टिकका ट्राफिक कोन राखिएका छन् ।
जथाभावी क्रस–इन्टरसेक्सन राखिँदा सवारीसाधनले मनलाग्दी सडक पार गर्ने तथा विपरीत दिशाबाट आउने सवारीसँग ठोक्किने जोखिम बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि यो व्यवस्था गरिएको लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।

आवश्यक स्थानमा मात्र सवारीसाधनले सडक पार गर्न मिल्ने व्यावस्था गरिने सडक डिभिजन विराटनगरका ईन्जिनियर प्रभात किरण राईले जानकारी दिनुभयो । अनावश्यक क्रस–इन्टरसेक्सन बन्द गरी ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउँदा सडक दुर्घटना कम गर्न सहयोग पुग्ने ट्राफिक प्रमुख न्यौपानेले बताउनुभयो । क्रस–इन्टरसेक्सन बन्द पहिले नै गर्नुपर्ने थियो तर ढिलै भए पनि गरिएको छ यो एक दमै राम्रो कार्य हो सोही बाटोबाट यात्रा गरिरहेका एक सवारीचालकले अनिल राउतले बताए । क्रस–इन्टरसेक्सन बन्द गर्ने अभियानमा विराटनगर जेन्जी टिम तथा स्थानीय युवा अभियन्ताहरूको समेत सहभागिता रहेको थियो । कोशी राजमार्गअन्तर्गत विराटनगर क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको अवस्थामा जथाभावी सडक काट्ने प्रवृत्ति दुर्घटनाको प्रमुख जोखिममध्ये एक बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्