विराटनगरको ५९औँ राधाकृष्ण रथयात्रा, यसरी हुँदैछ तयारी

<span class='c1'>विराटनगरको ५९औँ राधाकृष्ण रथयात्रा,</span> <span class='c2'>यसरी हुँदैछ तयारी</span>

सोनु साह
विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५९औँ संस्करणका लागि तयारी तीव्र पारिएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष भदौ २० गते आयोजना हुँदैछ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले रथयात्रालाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाएको जनाएको छ। यस वर्ष रथमा कुनै ठूलो परिवर्तन नगरिने भएको छ। गत वर्ष मात्रै नयाँ रथ निर्माण गरिएकाले यसपटक रथको सरसफाइ, रंगरोगन तथा फूलले सजावट गरिने समितिले जनाएको छ।
राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार एक वर्षअघि नयाँ रथ निर्माण भएकाले यसपटक रथमा संरचनात्मक परिवर्तन आवश्यक नरहेको हो। “यस वर्ष रथलाई सरसफाइ गरेर रंगरोगन गर्ने र फूलले आकर्षक रूपमा सजाएर भदौ २० गते निकाल्ने तयारी गरेका छौँ,” रेग्मीले भने।

उनका अनुसार गत वर्षकै रंगरूपलाई निरन्तरता दिँदै रथलाई आकर्षक ढंगले सजाइनेछ। रथयात्रालाई विगतका वर्षझैँ यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने समितिको तयारी छ। विराटनगरको राधाकृष्ण रथयात्रा नेपालमा मात्र नभई भारतलगायत विभिन्न देशका भक्तजनको समेत आकर्षणको केन्द्र बन्दै आएको छ। रथयात्रामा हरेक वर्ष लाखौँ श्रद्धालुको सहभागिता हुने गरेको छ। यस वर्षको रथयात्राका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रमुख आकर्षणका रूपमा निमन्त्रणा गरिएको समितिले जनाएको छ। विभिन्न विशिष्ट व्यक्तित्व, साधुसन्त तथा भारतलगायत अन्य देशबाट समेत भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

समितिले रथयात्राका क्रममा सुरक्षा, भीड व्यवस्थापन तथा अन्य आवश्यक तयारीका विषयमा सम्बन्धित निकायसँग समन्वयसमेत अघि बढाउने जनाएको छ। ५९औँ रथयात्रालाई विगतका वर्षभन्दा अझ व्यवस्थित र भव्य बनाउने तयारीमा समिति जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्